रातो कपडा लगाएका ११ युवतीमाथी यस्तो व्यवहार गर्ने एक व्यक्तिलाई दिइयो यस्तो दण्ड

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

चीनमा ११ महिलाको बलात्कार गरी विभत्स तरिकाले हत्या गर्ने सिरियल किलर गाओ चेंगयोंगलाई मृतयुदण्ड दिइएको छ । उनले रातो कपडा लगाएका युवतीलाई आफ्नो सिकारमा पारेर बलात्कार गरेपछि हत्या गर्ने गरेको बताएका थिए । चीनको ज्याक द रिफर नामले चिनीएका ती ब्यक्तिको लागि बलात्कार र हत्या उस्तै थियो ।

रातो कपडा लगाएका महिलालाई पिछा गर्दै गएर उनको घरसम्मा पुगेपछि एक्लै भएको मौका पारेर बलात्कार गरेर विभत्स तरिकाले हत्या गर्ने गर्थे । रातो कपडा लगाएको महिलालाई आफ्नो न जरमा राखेर महिलाका घाँटी, कान, नाक र हातका साथै गुप्तांग पनि काटिदिन्थे । २० वर्ष आसपासका युवतीलाई आफ्नो पासमा पार्ने गरेका ती ब्यक्तिले एक पटक ८ वर्षकी बालिकालाई पनि हत्या गरेको थिए । उनलाई पक्राउ गर्न नसक्दा प्रहरी नै धेरै पटक गिरेको थियो ।

हत्या गरेको २८ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले उक्त हत्यारालाई मृत्युदण्डको सजाय सु्नाएको थियो । ती ब्यक्ति महिलासँग घृणीत थिए । उनले गरेका अधिकांश अपारध चिनको गांसु प्रान्त र इनर मंगोलिया क्षेत्रमा गरेका थिए । लामो समयको प्रयासपछि प्रक्राउ परेका हत्यारालाई अर्कै केशमा समातिएको थियो तर पछि गाओका आफन्त भन्ने थाहा पाएपछि डिएनए परिक्षणमा उनी रातो कपडा लगाउने युवतीको हत्यारा भएको थाहा पाइयो । त्यसपछि उनलाई अदालतले मृत्युदण्ड दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *