सडकमा डलरको नोटहरु उड्न थालेपछि मच्चियो मानिसहरुमा भागदौड

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

अमेरिकाको न्यू जसीस्थित एक हाइवेमा एक्कासी डलरको नोटहरु उड्न थालेपछि मानिसहरुमा भागदौड मच्चिएको छ । जतातै हावामा नोट उड्न थालेको देख डलर टिप्न जाने क्रममा मानिसहरुमाको भिडको कारण यातायात समेत अवरुद्ध भएको थियो ।

डलर टिप्न भागदौड मच्चिदा मानिसहरु दुर्घटनामा समेत परेका छन् । ब्रिंक कम्पनीको एक ट्रकमा रहेका ५ लाख डलर एकापट्टीको ढोका खुलेर त्यहाँ बाटभ नोट झरेर तिब्र हावाको कारण उड्न थालेपछि डलर समात्न मान्छेको भिड लागेको हो । डलर समात्नमा प्रहरीहरु पनि संलग्न भएको पाइएको छ । सडकमा नै गाडी पार्क गरेर मानिसहरु एक्कासी डलर समात्न पुगेका थिए ।

यसरी सडकमा नै डलर उड्न थालेको देखेर कतिपय मानिसहरु त पागल जस्तै बनेका थिए । यसरी पोखिएको डलर मध्ये १० हजार त फिर्ता भयो तर धेरै रकम भने फिर्ता हुन बाँकी रहेको छ । बाकि रहेको रकम फिर्ता गर्न यतिबेला प्रहरीहरु लागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *