यसरी गर्नुहोस् जाडोमा पिनासको उपचार

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौँ,२३ पुस । दिनदिनै बढ्दै गएको चिसोले मानिसको स्वास्थ्यमा उत्तिकै असर पुर्याइरहेको हुन्छ । चिसोका कारणले देखिने रुघाखोकी, पिनास, जस्ता समस्याहरु जाडोमा बिरलै रुपमा देखिएका छन् । रुघाखोकीसँगै मानिसलाई दुख दिने आउने पिनासले झन धेरै समस्या निम्त्याएको हुन्छ । यसरी बढ्दै गएको पिनासले शरिरमा जटिल समस्या आउँछ । त्यसैले आज हामी पिनास के हो ? पिनासबाट कसरी जोगिने भन्ने बारेमा बताउन गइरहेका छौँ ।

पिनास के हो ?

पिनास भन्ने बित्तिकै प्वाल भन्ने बुझिन्छ । हाम्रो शरिरमा अवस्थित प्वालहरु हुन्छन् । जसको अन्तिम भाग नाकतिर खुलेको हुन्छ । यो प्वालको भित्री भाग म्युकसको पत्रले ढाकेको हुन्छ । झिल्ली मा कुनै कारणवश संक्रमण भएको अवस्थालाई नै पिनास भन्ने गरिन्छ । हाम्रो टाउकोमा पनि चार जोडी साइनस प्वाल रहेको हुन्छन् । यसको प्रत्येक जोडी टाउकोको पाश्र्व भागमा रहेको हुन्छ । मानव शरिरको रचना विज्ञानले यसलाई सामान्य लक्षण्को रुपमा देखाउँछ । त्यसकार पिनासलाई जटिल समस्याको रुपमा लिने गरिन्छ ।

यस्तो पिनास हुनुको मुख्य कारण

१.वातावरण प्रदुषण, गलत खानपान र अब्यवस्थित जिवनशैली पिनासको मुख्य कारण हो ।

२. शारिरक मानसिक भावनात्मक तनाव ग्रन्थिहरुको असन्तुलन, आवश्यक भन्दा बढी खानापिनले पनि पिनासको समस्या हुन्छ ।

३. दाँतको संक्रमण, एलर्जी, दादुरा, निमोनिया, गोताखोरीको समस्याले पनि पिनास हुन्छ ।

४.नाकको संरचनामा समस्या, नाकको भित्री हाड टेडो हुँदा, स्वास फेर्न सकस हुने, अत्याधिक पौडी खेल्ने, तापक्रममा अकास्मात परिवर्तन आउँने गर्दा पिनास हुने सम्भावना बढी हुन्छ ।

पिनासको लक्षण

१.नाकबाट लगातार पानीजस्तो पातलो सिगाँन बग्ने गर्छ । केही दिनपछि सिँगान सेतो पहेँलो हुन्छ । सिँगानमा देखिएको रङले संक्रमण भएको पत्ता लगाउन सकिन्छ ।

२.यदि भाइरलको संक्रमण भएको छ भने पातलो सिगान बग्छ । यदि जिवाणुको संक्रमण हो भने सिगान पहेँलो बन्छ ।

३.नाकको वरपर सिगान जम्छ भने यसले टाउँको गाला घाँटी दुख्ने समस्या निम्त्याउँछ ।

४.यदि पिनास भएको छ भने कुनै पनि वस्तुको गन्धमा ह्रास आउँछ । जसले गर्दा टाऊँको दुख्ने, रिगंटा लाग्ने, कमजोरी महशुस हुने, रुघाँ लागिरहने, ज्वरो आउने, नाकभित्र मासु पलाउन थाल्ने समस्या हुन सक्छ ।

५.पिनासले स्वास प्रस्वासमा समस्या निम्त्याउँछ । त्यसको लागि मुखको साहारा लिनुपर्ने हुन्छ । पिनास हुँदा सुतेको बेला मुख पनि सुकाउँछ ।

पिनास दुई प्रकारको हुन्छ

विशेष गरेर पिनास दुई प्रकारको हुन्छ । एक्युट र क्रोनिक पिनास । लामो समयसम्म साईनस सुनिइरहनुलाई क्रोनिक साईनोटिस भनिन्छ । यस्ते बेलामा नाकबाट रगत मिसिएको सिगान आउँछ ।पिनासले मुखको स्वादलाई खल्लो बनाउँछ । घ्राणशक्ति कमजोर भएर जान्छ । यस्ते बेलामा आखाँको आश्रुनलीबाट मात्र धेरै आशुँ बग्छ । अनुहार सुनिएको जस्तो देखिन्छ । यस्तो बेलामा कुनैपनि कुराहरु खाँदा माथिल्लो दाँत दुख्ने समस्या हुन्छ । नाक थुनिएको कारण खाना खान पनि सकस हुन्छ ।

पिनास भएको बेलामा के गर्ने ?

१.पिनासलाई सामान्य उपचार गर्दा पनि राहत मिल्न सक्छ । रुघाखोकी ज्वारो आएको बेला घरमै बस्ने र आराम गर्ने ।

२. पिनास भएको बेला प्रिmजको पानी, बर्फ, आईसक्रिम, दहि, दुध, कोल्ड ड्रिकं तथा चिसो खानेकुराको सेवन नगर्ने ।

३.धुँवा र धुलोबाट टाढा रहने । धुवाँले नाक र साईनसको झिल्लिमा समस्या उत्पन्न गराउँछ ।

४.नाक सफा गर्दा छिनछिनमा गर्नु हुँदैन् । नाक सफा गर्दा पनि जोड गरेर बल लगाउनु हुँदैन । यसो गर्दा कानको भित्री जालीमा असर पुग्न सक्छ ।

५.यस्तो बेलामा सन्तुलित भोजनहरु सेवन गर्ने । खानामा भिटामीन सिलाई अनिवार्य रुपमा प्रयोग गर्ने ।

पिनासको उपचार कसरी गर्ने  : सामान्यतया पिनासको उपचार खानपान र होमियोप्याथिक चिकित्सा विधिबाट यसको सहजै गर्न सकिन्छ । पिनास भएका ब्यक्तिको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्येनजर गरेर उपचार गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *