यी हुन् २०१८ मा विश्वकै सबैभन्दा सुन्दर महिला घोषणा भएका सुन्दरीहरु

  • 825
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    825
    Shares

एजेन्सी,२३ पुस । सन् २०१८ सकिए लगतै विश्वकै सबैभन्दा सुन्दरी महिलाको सूचि तयार पारेको छ । उनीहरु सुन्दरी हुनुको साथै विश्वमाझ बुद्धिमान, लोकप्रिय, आकर्षक बन्न सफल भएका छन् ।विभिन्न विषयमा गरिएको मुल्याङनमा ससफलता हासिल गरेपछि उनीहरु
सबै क्षेत्रमा अब्बल भएपछि उनीहरुले विश्व सुन्दरीको सफलता हात पारेका छन् । हेरौँ को को हुन् त ।

१.हांडे एर्सेलः हांडे एर्सेल टर्कीकी अभिनेत्री हुन् । २५ वर्षकै उमेरमा विश्वकै सबैभन्दा सुन्दर महिलाको सिर्ष स्थानमा आफ्नो नाम राख्न सफल भएकी छन् । २०३ देखि सक्रिय यी सुन्दरीलाई २०८ को टिसी ह्याण्डलरमा पनि सबैभन्दा सुन्दर महिलाको स्थान दिइएको थियो । हांडे टर्कीका सबैभन्दा प्रभावशाली महिला मध्येकी पहिलो महिला हुन् ।

२.लिजा सोबेरानोःअमेरिकाकी चर्चित अभिनेत्री तथा मोडल लिजा सोबरानो सुन्दरी महिलाको दोस्रो स्थानमा रहेकी छन् । टेलिभिजन सिरियलबाट आफ्नो करियर सुरु गरेकी उनको कुंग एको इवान, शी इज द वन, मस्ट बी लभ, गट टु बिलिभ जस्ता फिल्म निकै चर्चामा रहेका थिए । उनी यतिबेला रोमान्टिक कमेडी माइ एक्स एण्ड ह्वाइमा काम गर्छिन् ।

३.एना डे आर्मसः विश्व सुन्दरी महिलाको तेस्रो स्थानमा रहेकी क्युबाकी अभिनेत्री एना हलिउडकी चर्चित अभिनेत्री हुन् । हलिउडकी चर्चित र सबैभन्दा हट महिला मानिन्छिन् ।

४.सेलेना गोमेजः सानै उमेरदेखि चर्चित सुन्दरी सेलेना गायिका सँगै सबैभन्दा सुन्दरी महिला पनि हुन् । उनी पूर्व डिज्नी स्टार समेत रहेकी छन् । यतिबेला सेलेना च्यारिटी संगठनसँग पनि काम गरिरहेकी छन् ।

५.दीपिका पादुकोणः बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले विश्व सुन्दरी युवतीको पाँचौ स्थान ओगट्न सmल भएकी छन् । उनी हालै बलिउड अभिनेता रणविर सिंहसँग विवाह बन्धनमा बाधिएकी छन् ।

६.नाना इम जिन आहः केपप गर्ल ब्याण्डकी पूर्व सदस्य समेत रहेकी नाना विश्व सुन्दरी महिलाको छैटौँ स्थानमा रहेकी छन् । उनको चिनिया सुन्दरी २०१५ मा सबैभन्दा धेरै चर्चामा भएको थियो ।

७.प्रियंका चोपडाः विश्वकै सबैभन्दा सेक्सी महिलाको रुपमा विश्वभर चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा सातौा सूचिमा परेकी छन् । उनले भर्खरै अमेरिकी गायक निक जोनसँग विवाह गरेकी छन् ।

८.क्याथरिन ल्याङ्गफोर्डः अस्ट्रेलियामा जन्मेर हुर्केकी क्याथरिन २२ वर्षकी भइन् । उनले विश्व सुन्दरी युवतीको आठौँ स्थान कब्जा गरेकी छन् ।

९.लिन युनः चीनकी सुन्दर युवती लिन युनले ९ औँ स्थानमा आफ्नो नाम राख्न सफल भएकी छन् । विश्वकै लोकप्रिय कलाकार मध्येकी एक उनी फिल्महरुमा निकै हिट रहेकी छन् ।

१०.एमिलिया क्लार्कः विश्व सुन्दरी महिलाको १०औँ स्थानमा रहेकी उनी गेम अफ थ्रोन्समा मदर अफ ड्रेगनको भूमिकाबाट सबैभन्दा धेरै चर्चा पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *