परराष्ट्रमन्त्री प्रदिप ज्ञावली भारत जान लाग्दा भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग !

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले भारत जान लागेको बेला भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरिरहेको बताइएको छ । भारत जान लागेको बेला ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग भइसकेपनि भारतीय एयरलाईन्सले आफ्नो तर्फबाट दोहोरो चेकिङ्ग गरिरहेको बताए । तर भारतीय अधिकारीहरुको अनुसार भारतले उच्च सर्तकताका लागि आफ्नो एयरलाईन्सलाई दोहोरो चेकिङ्ग गराइरहेको बताए ।

उनीहरुका अनुसार काठमाण्डौबाट कानधारका लागि उडेको विमान अपहरण भईसकेकोले सुरक्षाको सतर्कताको लागि दोहोरो चेकिङ्ग गराउनु परेको खुलासा गरेको छ । नेपालको विमानस्थल अन्तराष्ट्रिय चेकिङ्गको मापदण्डमा नरहेका कारण दोहोरो चेकिङ्ग गरेको हो । नेपाली अधिकारीहरुद्वारा सुरक्षा जाँच भईसकेपनि वायुसेवा भित्र विभिन्न किसिमका हतियार विष्फोटक पदार्थहरु जान सक्ने भएकाले दोहोरो सुरक्षा जाँच भएको बताईएको छ ।

भारतको लागि अपहरण भएको विमानका कारण दिर्घकालीन असरहरु परेको छ । भारतीय विमान अपहरण भएपछि अपराधी मौलाना मशुद अजहदलाई रहा गर्नु परेको थियो । जसले मोहमद नामक अपराधी बनेर भारतमा वितण्डा मचाउनका लागि आतंकवादीहरु पठाइरहेको छ । यस कारणले भारतीय वासु सेवालाई दोहोरो चेकिङ्ग गरिरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *