मानिस जन्मजातै खराब हुन्छन् त ? हेनुहोस् यस्ता छन् कारण !

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

समाजमा केहि मानिसहरु निकै असल खालका छन् त कोहि मानिसहरु बदमासको साथमा खराब रहेका छन् । समाजका असल व्यक्तिको बारेमा तारिफ हुन्छ र खराब व्यक्तिको जहिल्यै पनि कुरा काटिन्छ । मानिस असल र खराब कसरी हुन्छ भन्ने बारेमा केहिले जन्मदातलाई दोष दिएका छन् । यस्तो गुण मानिसको गर्भबाटै विकास भएर आउने र खराब मानिसलाई गर्भनै खराब भएको केहिले बताएका छन् । आज हामी यो गुण के गर्भबाटै विकास भएर आउँछ त? यसबारेमा चर्चा गदैछौं,

मानिस असल वा खराब हुनुमा उसको व्यवहार र कामले निर्धारण गरेको हुन्छ, मानिस गर्भदेखि खराब हुन्छन् वा समाज र परिवेशले खराब बनाउँछ भन्ने विषयमा मनोवैज्ञानिकले वषौं देखि अनुसन्धान गरेका छन् । युनानी दार्शनिक अररुतुले भनेका छन्, मानिसले नैतिकताको पाठ र जीवनको अनुभवको आधारमा हासिल गर्ने कुरा गरेका छन् । त्यस्तै विश्व चर्चिच मनोवैज्ञानिक सिग्मंड फ्रायडले बालबालिकालाई सिकाइने नैतिकताको भूतको कारणले गर्दा उनीहरुको वास्तविक पहिचान हुने जानकारी दिएका हुन् । यस विषयमा मनोवैज्ञानिक कर्ताले आफ्नै किसिमको तर्कहरु दिएका छन् । विशेष त नैतिक शिक्षा र उपन्यासहरुमा खराब र असल कुराको बारेमा वर्णन गरिएको छ । खराब कुरालाई नियन्त्रण गर्नको लागी समाजको निती नियमकोे आवश्यकता पर्दछ ।

असर र खराब सामाजिक संरचना, नितिनियम र धर्मसस्कारको आधारमा हुन्छ भन्ने कुरा धेरैले विश्वास पनि गदै आएका छन् । धर्मसंस्कारको कारणले गर्दा मानिस निर्दयी र खराब प्रवृत्तिका भएका हुन्छन् । लोभलालच, धनी गरिबको बिचको विभेद गरिने परिवारमा नकारात्मक प्रवृत्ति देखापर्ने कारणले गर्दा उनीहरु खराब प्रवृत्तिका भएका हुन्छन् । मनोवैज्ञानिकहरुले पछिल्लो समयमा गरेको अनुसन्धानबाट मानिसहरु जन्मजात खराब नहुने कुरा पत्ता लगाएका छन् । मानिसलाई खराब घरपरिवार र समाजले बनाउँने गर्दछ ।

बच्चा एक अवोेध प्राणी हुन् उनीहरुलाई के राम्रो, के गलत अनि के सहि भन्ने विषयमा जानकारी हुदैन् । उनीहरुलाई जस्तो सिकायो त्यस्तै भइदिन्छन् । बिबिसिको बेबीज द्यर वल्डरफुल वल्ड कार्यक्रमले पनि यस कुराको पुष्टि गरेको छ । बेबीज द्यर वल्डरफुल वल्डले बालबालिकाको नैतिकतालाई लिएर एउटा कार्यक्रम गरेका थिए, त्यस कार्यक्रममा पपेट शो देखाइएको थियो । उक्त शोबाट के कुरा प्रष्ट भयो भने बालबालिकाको झुकाव उनीहरुको व्यवहार तर्फ रहने कुरा पत्ता लगायो, यति मात्र नभएर बालबालिकाले परोपकारलाई प्राथमिकता दिएको कुरा पनि पुष्टि भयो ।

भनाईको मतलब आमाबुबा, साथीसङ्गी र परिवारको गलत सगंतको कारणले गर्दा आचरण परिर्वतन हुन्छ । यहाँबाट के कुरा प्रष्ट हुन्छ भने मानिस जन्मजात नभएर परवार, छरछिमेकी आफन्तजन र साथीभाइको कारणले असल र खराब बन्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *