यस्ता चिज देख्नुभएमा तपाईको भाग्य चम्किनेछ !

  • 2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares

धर्मशास्त्रलाई धेरैले विश्वास गरेका छन् । यहि विश्वासको कारणले गर्दा धेरै मानिसहरुले भगवान प्रति निकै आस्था पनि राखेका छन् । धर्मशास्त्रमा भगवानको बारेमा धेरै कुराहरु उल्लेख गरिएको छ, जसलाई आस्थिकहरुले सहि रुपमा पालना गर्ने कोशिस गरेका छन् ।
दैनिक जीवनलाई अगाडी बढाउने क्रममा सपनामा देखेको कुरा र वरीपरी आफूले देखेको कुरालाई आधार मानेर मैले यस्तो चिज देखे अब शुभ वा अशुभको के हुन्छ भन्ने विषयमा धेरैले कल्पना र विचार गरी अघि बढ्ने गर्दछन् ।
जस्तै यात्रामा निस्कदा कालो बिरालोले बाटो काटेमा अशुभ भन्ने गर्दछन् भने यात्रा निस्कँदा पानी भरीएको ग्रागी देखिनुलाई शुभ मानिन्छ ।
शास्त्रका अनुसार केहि यस्ता शुभ संकेत रहेका छन्, जसलाई तपाईले देख्नु भएमा तपाईको भाग्य चम्किनेछ ।

१. उल्लु ।
उल्लु देख्नुलाई शास्त्रले निकै राम्रो मानेको छ । यदि कसैको घरमा एक्कासी उल्लु आयो भने छिट्टै धन प्राप्त हुने बताइएको छ ।

२. सर्प ।
सर्प देख्दा सबैजना तर्सिने र भाग्ने गर्दछन् । कालो सर्पले बाटो काटेमा नराम्रो हुने धेरै पहिलेदेखि विश्वास गर्दै आएको कुरा हो । यदि कसैको घर वरीपरी सेतो सर्प आयो र यस्तो सर्प देखियो भने उक्त स्थानमा केहि खजना हुने संकेत दिएको शास्त्रमा उल्लेख छ ।

३. लक्ष्मीमाता ।

धन प्राप्तीको लागी विशेषगरी लक्ष्मी मातालाई पूजा गर्ने गरिन्छ । यदि शुक्रबारका दिन कुनै केटीले तपाईलाई सिक्का दिइन् भने धनप्राप्ती गर्ने संकेत हो ।

४.पानी वा हरियाली ।
धेरैले सपनामा विश्वास गर्ने गर्दछन्, शास्त्रमा पनि सपनाको आधारमा विपनामा यस्ता घटना हुन्छ भन्ने विषय जानकारी दिएको पाइएको छ । कसैले सपनामा पानी, हरियाली वा लक्ष्मीको बहान देखेमा भाग्य चाडैं बद्लिने संकेत मानिएको छ ।

५. सेतो सर्प वा पहलो सर्प ।
धरैले सपनामा कालो सर्पलाई देखेमा शिवजीको पुजाँआर्जा गर्नुपर्ने बताएका छन् । तर सपनामा सेतो सर्प वा सुन जस्तो पहेलो सर्प देखेमा छिट्टै धनी बन्ने संकेत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *