अष्ट्रेलिका संचारमाध्यममा ओलीले भने, ‘सन्दीप देशका ढुकढुकी हुन्’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसंसा गरेका छन् । ओलीले सन्दीप नेपाली युवाहरुका लागि प्रेरणाको स्रोत भएको बताएका छन्।

‘सन्दीपले हिमालको देश नेपालको खेल भविष्यमा नयाँ विश्वास थपिदिएका छन्,’ ओलीले अष्ट्रेलियन संचार माध्यम हेराल्ड सनलाई प्रतिक्रिया दिदैँ भनेका छन्, ,‘मेहेनत, लगाव र अभ्यासले सन्दीप आज त्यो स्थानमा पुगेका हुन्। उनको सफलताले नेपाली यूवा तथा राष्ट्रिय क्रिकेट टोलीमा नयाँ आशा जगाएको छ।’

प्रधानमन्त्री ओलीले सन्दीपलाई शुभकामना समेत दिएका छन्। ‘मैले हाम्रो युवा क्रिकेट स्पिनरको खेल हेरिरहेको छु। मैले उनी आइसीसी विश्व-११ मा छनौट हुँदा समेत बधाइ दिएको थियो। उसको प्रतिभा यतिबेला विश्वले देखिसकेको छ।’ उनले भने,‘सन्दीप तिम्रो सफलताले नेपालमा सबैलाई खुशी प्रदान गरेको छ। सारा नेपाल तिमीप्रति गर्वको महशुस गर्दछ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पेनर सन्दीपले हालै अष्ट्रेलियाको बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका थिए। उनले मात्र चार खेलखेल्दा ८ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा समेत पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *