हेर्नुहोस्, कुन बार जन्मेका ब्यक्तिले के काम गर्दा राम्रो हुन्छ ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

हरेक मानिसको जन्म बारले व्यक्तिको भविष्यवाणि गर्ने गर्छ । जन्मबारले ब्यक्तिको जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । बार अनुसार फरक फरक ग्रह हुने भएकाले ग्रहले ब्यक्तिको जीवनमा प्रभाव पार्ने कारक नै ग्रह बनेको हुन्छ । त्यसैले आज हामी तपाईलाई कुन बार जन्मेको ब्यक्तिललाई कस्तो पेशा राम्रो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।

आइतबार : आइतबारलाई सूर्यको दिन भन्ने गरिन्छ त्यसकारण आइतबार जन्मने व्यक्ति निकै भाग्यमानी हुन्छन् । यो बार जन्मने ब्यक्तिको आयु लामो हुन्छ । कम बोल्ने शिक्षाको क्षेत्रमा अगाडी हुने भएकाले २२ वर्षको अवधीमा धन लाभ गर्ने अवसर पाउनेछन् । व्यवस्थापन तथा मार्केटिङ क्षेत्रमा राम्रो छाप छोड्न सक्ने भएकाले व्यापारमा ठूलो सफलता हात पार्ने छन् ।

सोमबार : सोमबारको मूख्य ग्रह चन्द रहेकाले यो बार जन्मने ब्यक्तिको जीवनमा चन्द्र ग्रहको बढी प्रभाव रहेको हु्न्छ । उनीहरुको जीवनमा सुख दुख बराबरी भएर आउनेछन् । यो बार जन्मने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् । उनीहरुको लागि कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्रमा काम गर्नु उचित हुनेछ ।

मंगलबार : मंगलबार जन्मने व्यक्तिमा मंगल ग्रहको प्रभाव रहेको हुन्छ । यो बार जन्मने व्यक्तिलाई भाग्यमानी धनवान पनि मानिन्छ । तर यो बार जन्मेका महिलाहरु भने कठोर प्रवृत्तिका हुन्छन् । यो बार जन्मेने ब्यक्तिको लाग मिडिया र राजनितिक क्षेत्रमा काम गर्नु उचित रहेको छ । उनीहरुले या क्षेत्रमा राम्रो छाप छोड्न सक्नेछन् ।

बुधबार : बुधबारलाई बुध ग्रहको दिन भन्ने गरिन्छ । यो दिन जन्मने ब्यक्ति धर्म कर्ममा निकै चासो दिने र प्रसस्त सम्पत्ति सञ्चित गर्ने ब्यक्तिमा पर्छन् । उनीहरुको लागि व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र आफ्नो भविष्य राम्रो बनाउन सक्नेछन् ।

बिहिवार : यो बार वृहस्पतिको प्रभाव बढी रहेको हुन्छ । त्यसकारण बिहिबार जन्मनेब्यक्तिमा वृहस्पतिको प्रभाव बढी देखिन्छ । उनीहरु निकै विध्वान र पराक्रमी हुने गर्छन् । उनीहरुको लागि जुनसुकै पेशापनि राम्रो रहेको छ । विशेष गरेर यी ब्यक्तिको लागि शिक्षण पेशा फलदायी फलदायी मानिएको छ ।

शुक्रबार : शुक्रबार शुक्र ग्रह कारक बनेको हुन्छ । यो दिन जन्मने ब्यक्ति रोमाञ्चक स्वभावका हुने गर्छन् । उनीहरुको मिठो स्वरले सबैको मन जितेको हुन्छ । यस दिन जन्मने ब्यक्तिको लागि डाक्टर, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन कार्य राम्रो रहेको छ ।

शनिबार : शनिबारको कारक ग्रह नै शनि हो । यो दिन जन्मने ब्यक्तिमा शनिको प्रभाव रहेको हुन्छ । यस दिन जन्मने ब्यक्ति प्राय अर्काको नोकरी गर्न भन्दा पनि आफ्नो ब्यापार ब्यवसाय गर्न राम्रो हुन्छ । उनीहरुको बाल्यकाल कष्टपूर्ण रहेपनि त्यो पछिको जीवन भने खुसी र सुखी रहनेछ । उनीहरुलाई शिक्षा र घर जग्गाको क्षेत्रमा राम्रो हुने र अधिक धन लाभ हुनेछ भने कलको क्षेत्रमा पनि राम्रो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *