विश्व बैंकका अध्यक्ष जिम योङ किमद्वारा अप्रत्यासित रुपमा राजीनामा

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares
 एजेन्सी, २४ पुस । विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामाको घोषणा गरेका छन् । जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् । किम ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका थिए । ५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहने थिए ।
तर, तीन वर्षअघि नै राजीनामा घोषणा गरेका हुन् । उनीँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । जिमले राजीनामा दिनुपर्ने करण खुलाएका छैनन् । उनी विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ । जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *