आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त, जसले उदयपुर सिमेन्टलाई नाफामा लगेका थिए

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

पुस २४, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक हुन् । आयल निगममा नियुक्ति पाउने भएपछि उनले सोमबार उदयपुर सिमेन्टको महाप्रबन्धकबाट राजीनामा दिएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए । आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

उदयपुर सिमेन्टमा पुग्नुअघि उनी सन् २००१ देखि २००६ सम्म तिलगंगा आँखा अस्पताल काठमाडौंमा लेखा तथा प्रशासन विभागमा काम गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । निगमको तत्कालीन कार्यकारी निर्देशक खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *