दिल निशानीले गरे पत्रकार रवि लामिछाने र मिना ढकाललाई ब्याङ्ग्य ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु’

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौँ,२४ पुस । नेपालका चर्चितक पत्रकार रवि लामिछानेको सम्बन्ध विच्छेदको घटनाले चर्चा पाइरहेको बेलामा पत्रकार दिल निशानी मगरले गरेको विवादित पोष्टको कारण चर्चामा आइरहेका छन् । उनले केहीदिन अगाडी गरेको पहिलो पोष्टमा ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु’ भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका थिए ।

उनको यो पोष्टको कारण सामाजिक सञ्जाल प्रयोग कर्ताको थुप्रै गाली खाए । त्यस्तै अर्को पोष्टमा रवि लामिछानेको पूर्व पत्नी इशालाई भन्ने अनुमान गर्दै भने स्टाटस लेखे । ‘मैले भाउजु स्याहार्छु भनेको त मिना ढकाल जि पो हो त । उहाँको स्वर पनि राम्रो छ , यसो यसो एल्वममा लगानी गरौँला भनेर सोचेको थिए ।’

यतिमात्र हैन उनले आफ्नो पोष्टमा कमेन्ट गर्दै यार्सागुम्बा पनि खाएको छु । फेरि अर्को कमेन्टमा यार्सागुम्बाको फोटो पोष्ट गर्दै लेखेका छन् भोली यो ३ पिस खाने । यस्तै पोष्टका कारण समय समयमा विवादमा आइरहने दिल निशानीले फेसबुकमा मात्र हैन् ट्वीटरमा पनि यस्ता पोष्ट गर्न थालेका छन् । उनले गरेको यस्ता खालका पोस्टमा निकै गाली र टिप्पणीहरु आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *