त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरण बिग्रियो, उडान प्रभावित

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं, २४ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरण बिग्रिएको छ । जसका कारण मंगलबार बिहानैदेखि उडान प्रभावित भएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको छ । काठमाडौं उपत्यकाभित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिर क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिन्छ । इन्जिनियरहरू अहिले भीसीसीएस जोड्ने काममा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *