यी हुन् पेटमा बच्चा भएको बेला यौन सम्बन्ध राख्दा अपनाउने सावधानीहरु

  • 120
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares

काठमाडौँ,२४ पुस । गर्भ अवस्थामा यौन सम्पर्क राख्न हुन्छ हुँदैन् भन्ने विषयमा प्राय धेरै दम्पतिको चासोको विषय बन्ने गरेको छ । तर यस विषयलाई विज्ञहरुले तिन भागमा बोडेका छन् ।

१.पहिलो ३ महिना

२.दाश्रो तिन महिना

३.तेश्रो तिन महिना

वास्तवमा भन्नुपर्दा पहिलो पटक ३ महिनाको गर्भ रहदा भ्रुणको प्रारम्भिक विकास हुने भएकाले यो अवस्थामा भ्रुणलाई सुरक्षा दिनुपर्ने भएकाले यौन सम्पर्क गर्नु हुँदैन् ।त्यस्तो अवस्थामा अधिक कम्पन हुने हुँदा गर्भमा रहेको भ्रुणलाई असर पर्ने हुन्छ । त्यसकारण पहिलो अवस्थामा यौन सम्पर्क गर्नु उचित हुँदैन् । यदि त्यो समयमा यौन सम्पर्क गर्ने नै हो भने अधिक कम्पनलाई ख्याल गर्नुपर्छ ।

गर्भधारणको दोस्रो त्रैमासिकमा यौन सम्बन्ध राख्नको लागि सुरक्षित र उपयुक्त समय मानिन्छ । यो अवस्थामा गर्भमा रहेको बच्चालाई प्राकृतिक सुरक्षा प्रदान हुने भएकाले दोस्रो त्रैमासिकमा यौन सम्पर्क राख्नु उचित मानिन्छ ।

गर्भधारणको तेस्रो त्रैमासिकमा महिलाको पेट ठूलो हुने भएकाले सामान्यतया महिला र पुरुषले प्रयोग गर्न महिला तल पुरुष माथि गरेर शारिरिक सम्बन्ध राख्न सकिदैन् यस्तो अवस्थामा महिलाको पेट ठूलो हुने भएकाले महिलालाई सास फेर्न अप्ठयारो हुने हुँदा लिङग घर्षण र प्रवेशमा बाधा आउने भएकाले महिलाको गर्भसायमा बढी चाप हुन्छ । र पेटमा रहेको बच्चालाई समेत असर गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *