तपाई आफ्नो धन तेह्र गुणा वृद्धि गर्न चाहनुहुन्छ ?त्यसो भए यता हेर्नुहोस् !

  • 165
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    165
    Shares

धनसम्पती धेरै कमाउने रहर सबैलाई हुन्छ, यहि कारणले गर्दा आफूले सक्नेजति सबैले दिनरात नभनी मेहनतको साथ काम गरिरहेका हुन्छन् । शास्त्रमा उल्लेख भएअनुसार मेहनतको साथमा धन कमाउनको लागी भगवानको पूँजाअर्चना गर्नु उत्तिकै महत्वपूर्ण छ । धनको आशको कारणले गर्दा लक्ष्मी मातालाई पूजा गर्ने गरिन्छ । सद्धा भक्तिपूर्वक विधि अनुसार लक्ष्मीमातालाई पूजा गरी दिप बालेर बस्नादार बनाउनाले लक्ष्मीले घरमा बास गर्ने र धनसम्पती प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

हाम्रो विभिन्न पर्व मध्ये लक्ष्मी पूजाको खास महत्व रहेको छ । धनराशीको आशा भएका हरेकले घर आगन सफा गरेर लक्ष्मीलाई खुसी बनाउन र बास गरुन् भनेर विधिपूर्वक पूजा गर्ने गर्दछन् ।
तर धन बाड्ने काम कसको हो भन्ने बारेमा धेरै अनविज्ञ रहेका छन् । धन बाड्ने काम कुबेरको हो, धन प्राप्त गर्नको लागी लक्ष्मीपूजाँ भन्दा पहिले धनतेरको नाम आउँछ । धनतेरसको पूजामै गणेश, लक्ष्मी र कुबेरको पूजा गरिन्छ, तर यसको छुट्टै महत्व रहेको हुन्छ ।

धनतेरस भनेको के हो ?
धनलाई तेह्र गुणा बढानुलाई धनतेरस भनिन्छ । उक्त शब्दमा रहेको धनले समृद्धि र तेरसको अर्थ तेह्रलाई जनाउँछ । यो एउटा पर्व पनि हो । उक्त पर्व नेपालको पूवी क्षेत्र तराईमा मात्र नभएर भारतमा पनि मनाइन्छ ।
समुन्द्र मन्थनक्रममा धन्वन्तरीको उत्पत्ती भएको विश्वास लिइन्छ, यस दिन देवता कुबेरको जन्मदिन पनि भएको कारणले बढी महत्वको साथमा मनाइन्छ । यस पर्वलाई विशेष गरी व्यवसायमा सफता मिल्योस् भनेर धेरै व्यसायीहरुले मनाउँदै आएका छन् ।
धनतेरस प्रत्येक वर्षको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथी अर्थात् कागतिहारको दिन मनाइने गरिन्छ ।
धनप्राप्त गर्नको लागी धनतेरसकै दिनमा लक्ष्मीपूजा माताको स्वागत गरिन्छ । उक्त दिनमा तपाईले रंगोलीको पैताला बनाइ पूजाँ गर्नाले धनप्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्नाले आफूमा भएको धन भन्दातेह्र गुणाले धन वृद्धि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *