नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीको नाचले जापान टोकियोमा मच्चायो तहल्का (भिडियोसहित )

  • 127
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    127
    Shares

काठमाडौँ। यतिखेर नेपाल आइडरल सिजन २ का टप ५ प्रतिस्पर्धीहरु जापानको विभिन्न ठाउँहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिइराखेका छन् । जसमा नेपाल आइडोल सिजन २ को विजेता रवि ओडले पनि आफ्नो आमाको मृत्युको पिडालाई लुकाएर आफ्नो प्रस्तिुतिले सबै जापान बासी नेपाली तथा अन्य मानिसहरुलाई मनोरञ्जन दिइराखेका छन् । जसमा विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल पनि त्यही रहेका छन् ।

आइडलका टप ५ को पहिलो अन्तर्रा्ष्ट्रिय साङ्गीतिक यात्राको क्रममा जापानमा दिइएको केही प्रस्तिुतिहरुले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु तताइराखेका छन् । उनीहरुले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिने क्रम जारी छ ।

सोही क्रममा नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले टोकियोमा आयोजित कार्यक्रममा नाच्दै गाउदै गरेको एक भिडियो यतिखेर भाइरल छ । हेरौ सोही भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *