नेविसंघ विघटन हुँदै, ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेता अध्यक्ष खोजिँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । कुनैबेला नेविसंघले सिंगो नेपाली कांग्रेसको विरासत धानेको थियो, तर यतिबेला नेपाली कांग्रेसको ठूलो साधन–स्रोत तथा नेविसंघको समस्या समाधानमै बितेको छ ।

नेविसंघको वर्तमान केन्द्रीय समितिको म्याद गत भदौमै समाप्त भएको हो, तर महाधिवेशन गर्न नसकेपछि मंसिर २ गतेसम्मका लागि थपियो । महाधिवेशनको कुनै गृहकार्य नै नगरी मंसिर २ गतेसम्मको समय पनि गुज्रियो । पार्टीले मंसिर २ गते नै केन्द्रीय समितिको बैठक बोलाएर माघ २ गतेसम्मका लागि म्याद थप ग¥यो ।

तर तेस्रोपटक म्याद थपिएको अवधिमा पनि महाधिवेशनका लागि पूर्वाधार तयार गर्ने काम वर्तमान केन्द्रीय समितिले गर्न सकेन । अब माघ २ गतेको म्याद आइपुग्न करिब एक साता मात्र बाँकी छ । तर ९० प्रतिशत जिल्लामा अधिवेशन हुनसकेको छैन । ९५ प्रतिशत क्याम्पसमा अधिवेशन हुन बाँकी छ ।

माघ २ गतेपछि नेविसंघको अवस्था के होला ? भन्ने चासो उत्पन्न भइरहेका बेला पार्टी नेविसंघको वर्तमान केन्द्र्रीय कार्यसमिति विघटन गर्ने तयारी गरेको छ । माघ २ गते वर्तमान केन्द्रीय समितिको म्याद सकिएपछि पार्टीले तदर्थ समिति गठन नगरुन्जेल नेविसंघ रिक्त हुने सम्भावना छ । १० गते कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएकाले त्यसअघि तदर्थ समिति गठन हुने सम्भावना छैन ।

विधानमा ३२ वर्षे उमेरहद लगाइएका कारण महाधिवेशनमा उम्मेदवार हुन नपाउने भएकाले वर्तमान केन्द्रीय समितिमा रहेका नेताहरू महाधिवेशनप्रति उदासीन देखिएका हुन् । अब तदर्थ समिति बनाउँदा ३२ वर्ष उमेर नाघेकालाई राख्ने वा नराख्ने ? भन्ने बहस पनि सुरु भएको छ । ३२ वर्ष कटेकामध्येबाट तदर्थ समिति बनाइयो भने रत्न कार्की, सरोज थापा र राजीव ढुंगानामध्येबाट एकजना अध्यक्ष बन्ने सम्भावना बलियो भएको बताइन्छ । ३२ ननाघेकामध्येबाट तदर्थ समिति बनाइयो भने प्रकाश घिमिरे, शिव रिमाल, प्रेम जोशी, एलिजा ढकालमध्येबाट कसैलाई अध्यक्ष बनाइने सम्भावना पनि छ, तर आगामी महाधिवेशनका लागि उनीहरू अध्यक्षका प्रतिस्पर्धी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *