श्रीमती मान्यताको कारण जिन्दगी नै बद्लेका संञ्जय हेर्नुहोस् यस्तो घरमा बस्छन्

  • 129
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    129
    Shares

एजेन्सी,२४ पुस । बलिउडका सदाबहार अभिनेता सञ्जय दत्त यतिबेला श्रीमतीको कारण चर्चामा आएका छन् । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार मान्यतासँगको विवाहपछि सञ्जयको जीवनमा ठूलो परिवर्तन आएको भन्ने बताइएको छ । सञ्जयकी श्रीमती मान्यता ३९ वर्षकी भइन् ।

यतिबेला सञ्जय मुम्बाईको पाली हिल क्षेत्रमा रहेको घरमा श्रीमती मान्यता र दुई बच्चा शाहराना र इकराकको साथमा सुखी जिवन बिताइरहेका छन् ।  सञ्जयकी श्रीमती मान्यता आफ्नो घर सजाउननमा नकै मेहनती रहेकी छन् । प्राय मान्यता आफ्नो घरलाई सजायको तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छन् ।

उनको घरमा आमा नर्गिस र बाबू सुनिल दत्तको उत्कृष्ट पेन्टिङ लगाइएको छ । कालो रङको सोफाले उनीहरुको घरलाई रोयल लुक दिएको छ । डायनिङ यरिया पनि सुन्दर रहेको छ । जहाँ नर्गिस र सुनिलको तस्वीर सजाइएको छ । उनको घरको लिविङ रुम पनि निकै ठूलो छ । त्यसैले सञ्जय आफ्नो घरमा पार्टी दिइरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *