मोरङको गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

विराटनगर,२४ पुस । मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *