आफ्नो ट्वीट रि ट्वीट गरेमा १ सय मिलियम नगद दिने घोषणा गरेपछि, यस्तो भयो !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भखरै जापानका अर्बपति युसाकु मेजावाले गरेको एउटा ट्वीट अहिले सम्मैकै धेरै पटक रि ट्वीट भई उनको उक्त ट्वीटले विश्व किर्तिमान कायम राखेको छ । उनको ट्वीट यो समचार तयार गर्दा सम्ममा ४३ लाख भन्दा धेरै पटक रि ट्वीट गरिएको छ ।

युसाकु जापानको सबैभन्दा ठुलो अनलाइनका संस्थापक हुन् । उक्त अनलाइनको नाम हो जोजो टाउन । युसाकुले जनवरी ५ मा जापनी भाषामा ट्वीट गरेका थिए । ट्वीटमा जोजो टाउनको नयाँ वर्षको सेल इतिहासकै सबैभन्दा तिव्र भएको अनि अहिलेसम्म १० बिलियन येनको सामान बेचेको कुरा उल्लेख गरिएको थियो । त्यसको साथमा आभार व्यक्त गदै तपाई मध्ये एक जनालाई १ सय मिलियन येन नगद दिनेछु भनिएको थियो । फेरी लेखिएको थियो आवेदन गर्नको लागी मेरो ह्याण्डल फलो र यो ट्वीटलाई रि टीव्ट गर्नुहोस् । १ सय मिलियनलाई पुरस्कार दिने कुरा गरेपछि उक्त ट्वीटलाई मानिसहरुले रि ट्वीट गरेका हुन् ।

ठुलो अनलाइनका संस्थापक युसानोले चन्द्रमामा जानको लागी २०२३ मा योजना बनाएको खबर पनि छ ।

यसभन्दा अगाडी भने कार्टर विल्करसनको ट्वीट सबैभन्दा बढि रि ट्वीट भएको थियो । उनको ट्वीट झण्डै ३७ लाख भन्दा धेरै पटक रि ट्वीट भएको थियो । उक्त ट्वीटलाई ११ लाखले लाइक गरेका छन् भने सेयर पनि धेरैले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *