छोरी जन्माउनेलाई २५ हजार प्रोत्साहन भत्ता

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौँ,२४ पुस । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेको लागि प्रोत्साहन भत्ता दिएको छ ।महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउनेको लागि तीन हजार भत्ता दिएको छ भने दोस्रो सन्तान पनि छोरी नै जन्माउने परिवारको लािग २५ हजार बैँकको अक्षय कोषमा जन्मा गरिदिएको जानकारी प्राप्त भएको छ ।

पहिलो सन्तान छोरी जन्माउने चार दम्पतिको नाबालक छोरीको नाममा महानगरपालीकाले ग्लोबल आइएमी बैँकमा खाता खोलेर २५ हजार जम्मा गरिदिएको हो । महानगरले दिएको प्रोत्साहन भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, सोही महानगर ५ की रोहिणी कट्टेल र सुमित्रा राय अमात र विराटनगर ४ की तारादेवी पोखरेल रहेका छन् । छोरीको नाममा आमा संरक्षक हुने गरेर सो रकम जिम्मा लगाएको हो ।गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने गरेको कारण यसलाई रोक्न महानगरले यस्तो अभियान सुरु गरेको हो ।

यसरी दुई छोरी जन्माउने परिवारलाई बर्षेनी कार्यक्रमको आयोजना गरेर प्रोत्साहन भत्ता वितरण गर्ने महानगरका प्रमुख भीम पराजुलीले बताए । उक्त महानगरपालिकाले आर्थिक वर्ष २०७५ ०७६ को बार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गाराउने निर्णय गरेको र सँगै ‘छोरी बचाउ अभियान’ सँगै ‘छोरी पढाउ अभियान’ पनि शुरू भैसकेको उपप्रमुख इन्दिरा कार्कीेले जानकारी दिइन् । चालु आर्थिक वर्षमा ‘छोरीलाई दाइजो होइन उच्च शिक्षा देऊ’ भन्ने उद्देश्य लिएर सुरु कार्यक्रम सुरु गरिएको र यसको लािग १० लाख बजेट छुट्याइएको कार्कीको भनाइ छ ।

भर्खरै सुरु भएको कार्यक्रम मार्फत पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई महानगरले ३ हजार रकम प्रोत्साहन भत्ता प्रदान गरिसकेको छ । दोस्रो छोरीको उमेर १८ वर्ष पुगीसकेपछि अक्षय कोषमा जम्मा गरेर झिक्न मिल्ने गरेर आमालाई संरक्षक बनाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए । महानगरले प्रदान गरेको भत्ता लिनको लागि आमाको उमेर २० वर्ष पुरा भएको हुनुपर्नेछ । बच्चा गर्भमा रहेको बेला ३ पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने नियम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *