रियलले मेस्सी जस्तै ड्रिबलर ब्रहिमलाई भित्र्यायो, संकट तोडिने विश्वास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः रियल मड्रिडले म्यानचेस्टर सिटीका १९ वर्षिय यूवा खेलाडी ब्रहिम डियाज अनुबन्ध गरेको छ। सिटीमा डियाजले आफूले सोचेजस्तो नभएको भन्दै सिटी छाडेका हुन्।

उनी सिटीबाटै राम्रो गर्न चाहान्थे। तर अधिकाँश समय उनलाई बेन्चमै राखियो। ब्रहिम यूवा खेलाडीमध्ये अट्याकिङ मिडफिल्डरको स्थानमा चर्चित नाम हो।

आइतबार मड्रिडले ब्रहिमलाई सन् २०२५ अर्थात ६ वर्षका लागि अनुबन्ध गरेको घोषणा गरेको हो। उनी १७ मिलियन यूरोमा मड्रिड गएको समाचार आएका छन्। उनले सोमबार मेडिकल समेत गरेका छन् ।

रियल मड्रिड यतिबेला संकटमा गुज्रिरहेको छ। रोनाल्डोले छाडेपछि मड्रिड इतिहासमै पहिलो पटक यस सिजन कमजोर बनेको छ। आइतबार रातिमात्र मड्रिड रियल सोसियाड्याडसँग २–० ले घरेलु मैदानमै पराजित भयो। लिगमा मड्रिड पाँचौ स्थानमा छ।

यस्तो अवस्थामा जनवरी ट्रान्सफरमा मड्रिडको रोजाइमा ब्रहिम डियाज परेका छन्। मड्रिडले उनको आगमनले क्लबले लय पक्रने विश्वास गरेका छन्।

को हुन् डियाज ?

सन् २०१५ मा म्यानचेस्टर सिटी आउनुभन्दा अगाडि ब्रहिम मालागाबाट खेल्दथे। उनलाई सिटीले १६ वर्षको उमेरमा २ लाख पाउण्डमा अनुबन्ध गरेको थियो।

उनले सन् २०१६, सेप्टेम्बर २१ का दिन डेब्यू खेलमै गोल गरेका थिए। वैकल्पिक खेलाडीको रुपमा ८० औं मिनेटमा मैदान प्रवेश गरेका ब्रहिमले इएफएल कपमा स्वान्सी सिटी विरुद्ध गोल गरेसँगै उनले चर्चा कमाएका थिए।

त्यसको पाँच दिनमै सिटीले उनलाई सन् २०१९ सम्मका लागि अनुबन्ध गरेको थियो। सन् २०१७ जुलाई २७ मा उनले रियल मड्रिड विरुद्ध इन्टरनेसनल च्याम्पियन्स कपमा मैत्रीपूर्ण खेल खेल्ने मौका पाए।

त्यसबेला समेत उनी वैकल्पिक खेलाडीको रुपमा मैदान गएका थिए। सिटीले ४–१ ले जित्दा ब्रहिमले अन्तिम गोल गरेका थिए। त्यसबेला देखिनै ब्रहिम मड्रिडको रोजाइमा परेको बुझिएको छ।

यस्तै ब्रहिमले न्यूक्याश्चल र चेल्सी विरुद्धपनि गोल गरेका छन्। अधिकाँश समय बेन्चै रहने ब्रहिमले गत अगष्टमा अन्तिम १५ मिनेटमा मैदान प्रवेश गर्दा चेल्सी विरुद्ध एक्लैले २ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *