वाइडबडी प्रकरणमा मुछिएका कंसारकालाई कालोमोसो दल्ने एक युवक प्रक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ,२४ पुस । वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक युवक प्रक्राउ परेका छन् । घटना लगतै खटिएको महानगरीय अपराध महाशाखाको टोलीले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी निटक युवा संगठन सचिवालयमा सदस्य रहेका ३७ वर्षिय सुरेश तामाङलाई पक्राउ गरेको एसएसपी धिरजप्रताव सिंहले बताए ।

वाइड बडी प्रकरणको नाममा राज्यको ढुकुटी रित्याएको कारण आफुहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिग प्रदेश ३ का संयोजक केशव ढलकुटीले जानकारी दिए । गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रिय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गर्दै बैठकमा भष्टचारीहरुको नामवाली तयार भएको थियो । यसकै आधारमा गत शुक्रबार युवा लिगका कार्यकर्ताहरुले दिउँसो चार बजे तिर कंसारकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेर फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *