खाली पेटमा भुलेर पनि नखानुहोस् यी चीज जसले अल्सर गराउँछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ,२४ पुस । खानेकुरा सबै स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भन्ने हुँदैन् । खानेकुरा सेवन गर्दा कुन चीज कुन समयमा सेवन गर्नु उचित हुन्छ भन्ने विषमा जान्नु महत्वपूर्ण हुन्छ । सहि समयमा खाएको खानेकुराले सहि रुपमा काम गर्छ भने गलत समयमा खाएको खानेकुराले गलत प्रकारको समस्याहरु निम्त्याउँछ । त्यसैले आज हामी तपाईहरुलाई खाली पेटमा खान नहुने खानेकुराको बारेमा बताउन गइरहेका छौँ ।

केरा  : केरा स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । तर केरा खालीपेटमा खानु स्वास्थ्यको लागि समस्या बन्छ । केरामा पाइने आइरन र पोटासियमले स्वास्थ्यको लागि भरपूर फाइदा दिने भएपनि खाली पेटमा केरा खान नहुने विषेशज्ञहरुको भनाइ रहेको छ । माइग्रेन तथा सुगरको समस्या भएका ब्यक्तिहरुले केरा खान नहुने उनीहरुको भनाइ छ । खाली पेटमा केरा खाँदा एसिडिटी बढ्ने भएकाले गलत समयमा खाएको केराले रगतको स्तरमा तलमाथि हुन सक्छ ।

अमिलो फलफुल  :  भिटामीन सि प्रप्त हुने कागती सुन्तला लगायतका अमिलो फलफुल पनि खाली पेटमा खानु स्वास्थ्यको लागि खासै राम्रो हुँदैन् । अमिलो पिरो भन्ने बित्तिकै सबैको मुद रसाउँछ । तर खाली पेटमा यस्तो चिज सेवन गर्नाले एसिडिटीको समस्या निम्तने गर्छ ।
त्यसकारण खाली पेटमा यस्ता खानेकुरा खान नहुने विशेषज्ञहरुको भनाइ छ ।

दही  :  क्याल्सियम र प्रोटिनले भरिपूर्ण चीज स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । दही सेवन गर्नाले पाचन समस्यालाई कम गर्छ । दहीले गर्मी महिनामा ठन्डा महसुस गर्छ । तर खाली पेटमा दही सेवन गर्दा एसिडिटीको स्तर बढ्नुको साथै चिसो लाग्ने गर्छ ।

टमाटर  :  प्रस्तस्त मात्रामा एन्टी अक्सिडेन्ट तत्व पाइने टमाटर तरकारीमा प्रयोग गरिने चलन रहेको छ । स्वास्थ्यको लागि फाइदाजनक भनिएको टमाटरमा भिटामिन सी भिटामीन के पोटासीएम तथा फोलेट पर्याप्त मात्रा पाइन्छ । तर गलत समयमा यसको प्रयोग गर्दा एसिडिटी हुनुका साथै पथ्थरी, ग्यास्ट्रिक तथा अल्सरको जोखिमलाई बढाउँछ ।

चिया वा कफी :  चिया वा कफी प्राय सबैलाई मन पर्छ । चिया कफी जाडोको समया धेरै सेवन गर्ने चलन रहेको छ । प्राय धेरैले बिहानीको सुरुवात पनि चियासँगै गर्ने गरेको पाइन्छ । तर खाली पेटमापिइने चिया कफी स्वास्थ्यको लागि भने हानीकारक हुछ । यसरी खाली पेटमा चिया कफी पिउनाले एसिडिटीको समस्या बढ्ने र पेट पोल्ने समस्याहरु आउँछ । यसको परिणाम अल्सरमा परिणत हुन्छ ।

पिरो तथा मसलेदार खानेकुराको सेवन  :  स्वादको लागि खाइने अमिलो पिरोले स्वास्थ्यमा विभिन्न समस्याहरु उत्पन्न गराउँछ । मसलेदार खानेकुराले शरिरमा एसिडको स्तर बढाउँने भएकाले पाचन तन्त्रलाई प्रभावित गर्छ । यसरी मसलेदार खानेकुरा खाली पेटमा खाँदा पेट दुख्ने पेट पोल्ने जस्तो समस्याहरु आउने भएकाले यसले अल्सरको समस्यालाई कयौँ गुण बढाउँछ ।

औषधी :  हरेक किसिमका रोगहरुह निको पार्नको लागि औषधी सेवन गर्नु जरुरी हुन्छ । तर खाली पेटमा औषधीहरु खाँदा अल्सर हुने सम्भावना धेरै रहेको हुन्छ । खाली पेटमा औषधी सेवन गर्दा पेटमा एसिडको मात्रा बढ्ने गर्छ जसको कारण पेट पाल्ने, छाती पोल्ने, अमिलो डकार आउने हुन्छ । त्यसकारण खाली पेटमा औषधी सेवन गर्दा अल्सर हुने सम्भावना धेरै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *