चालिसे गाउँकी शान पार्वती, जसको अगुवाइमा बन्यो झोलुङगे पुल

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ,२२ पुस । सिन्धुपाल्चोकको हेलम्बुस्थित चालिसे गाउँकी एक युवती पार्वती भण्डारीको अगुवाइमा पुल निर्माण भएको छ । हेर्दा मोडल जस्तै देखिने पार्वतीको उमेर २२ वर्षको भयो । उनको अगुवाईमा ३ महिनाको मेहनत पछि चिरुरीखर्क चालिसे झोलुङ्गे पुल निर्माण भएपछि उनी गाउकै शान बनेकी छन् । वर्षा लागेपछि आवत जावत गर्न कठिन भएपछि त्यहाँका स्थानिय बासिन्दाहरु समस्यामा रहेका थिए । वर्षाको बेलामा ठाडो खोला तर्न ज्यानकै बाजी मार्नु पर्ने थियो ।

पार्वतीको अगुवाईमा पुल निर्माण भएपछि चिरुखर्क बासीको बाध्यता हटेको छ । कृषिमा आधारित यो गाउँलाई मेलम्ची खोलाले सधै अड्काइरहेको हुन्थ्यो । पुल निर्माणको लागि धेरैले आवाज उठाए तर कसैले वास्त गरेनन् । निकै पालतो बस्ती रहेको यो गाउँमा काम गर्ने मान्छे नभएको भन्दै बजेट दिने सम्बन्धित निकायले पनि बजेटको कुरा गर्दा टारिरह्यो । निरक्षर बस्ती भएकाले त्यहाँका कोही ब्यक्ति पहल गर्न जान सकेका थिएनन् । निरक्षर ब्यक्ति नभएकाले हेपिएको अवस्थामा रहेको गाउँमा भरपर्दो नेतृत्व गर्ने ब्यक्तिको खाँचो थियो । गाउँको लागि नेतृत्व गर्न सक्ने कुनै ब्यक्ति नभएकाले मेलम्ची नदीले चालिसे गाउँसँग अन्य गाउँको सम्बन्ध नै टुटेको थियो ।

यहि निरक्षर र हेपिएको गाउँकी एक नेतृ पार्वतीको सक्रियतामा पुल निर्माण भएको छ । अब चालिसे बासीलाई मेलम्ची नदीको पिर बोक्नु परेको छन् । नदीले गर्दा टुटेको अन्य छिमेकी गाउँसँको सम्बन्ध पनि जोडिएको छ । १४० मिटर लामो पुल बनिसकेको छ । पुल निर्माण भएपछि वर्षमा घट्ट जान खोला तर्न २ घण्टा हिड्नुपर्ने छैन् । स्कुल जाने विद्यार्थीलाई खोला तर्नुपर्ने समस्या टरेको छ । साना तिना समस्याको पनि खोलाले गर्दा ठूलो समस्या बन्थ्यो अब त्यो समस्या पनि हटेको छ । चालिसेका बासिन्दाको लागि पुल निर्माण हुनु एक अनौठो बरदान सावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *