छापियो ३ लाख लाइसेन्स, तपाईंले पाउनु भयो ?

  • 220
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    220
    Shares

काठमाडौंः यातायात व्यवस्था विभागबाट लाइसेन्स छाप्ने जिम्मा पाएको मालिका इन्कर्पोरेट प्रालीले ३ लाख भन्दा बढी लाइसेन्स छापिसकेको छ।

सुरुवाति दिनमा ‘डाटामा समस्या आएकाले छपाइमा केही ढिलो भएपनि अहिले दैनिक १५ हजार लाइसेन्स छपाई भइरहेको मालिका इन्कर्पारेटले जनाएको छ । १५ दिन भित्र कम्पनीले जिम्मा पाएको ५ लाख लाइसेन्स छापिसक्ने जनाएको छ ।

उता, विभागले मालिकालाई ५ लाख लाइसेन्स छाप्न पुस २८ गते सम्म समय दिएको छ। लाइसेन्स छाप्न डाटामा आएको समस्याको कारण ४५ दिनको अवधि कटे पनि ३० दिन समय थप गरी पुस २८ गतेसम्मको अवधि दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *