यी हुन्, कांग्रेसका मनकारी मेयर, जसले आफ्नो तलबबाट गरिबलाई रिक्सा किनिदिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको मेयर भीमबहादुर थापाले आफ्नो तलबभत्ताको रकमबाट एक मजदुरलाई रिक्सा किनिदिएका छन् ।

कांग्रेसबाट निर्वाचित थापाले चुनावको समयमा तलब भत्ताबापत पाउने रकम ज्येष्ठ नागरिक, असहाय, विपन्न वर्ग र सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाएका थिए । आफ्नो प्रतिवद्धता अनुसार उनले सुनवल–२ रजहाँ बस्तीका ५२ वर्षीया किशोरी बनियालाई रिक्सा किनिदिएका हुन् ।

बनियाले २८ वर्षदेखि रिक्सा चलाएर परिवार पाल्दै आएका छन् । बजारमा भित्रिएका इ–रिक्साले अन्य रिक्सा विस्थापित भइरहेका छन् । इ–रिक्सा खरिद गर्न रकम नभएको र भएको रिक्सासमेत पुरानो भएकाले परिवार पाल्न समस्या भएको जनाएपछि थापाले उनलाई ३० हजार मूल्यको नयाँ रिक्सा प्रदान गरेका हुन् ।

थापाले तलब–भत्ताबापत आउने रकम जम्मा गर्न कोष खडा गरेर गरीब तथा विपन्नको सहयोग र सामाजिक काममा लगाउँदै आएका छन् । यसअघि उनले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थ यात्रा, विपन्नको किरिया खर्च, मिर्गौला पीडितको उपचार लगायतमा करिब ५ लाख बढी रकम वितरण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *