स्वर्गद्धारी नगरपालिकाका मेयरलाई माेवील दल्ने प्रयास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्युठान । जिल्लाको स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाय माथि मोविल दल्ने प्रयास भएको छ। बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नगरपालिकामै पुगेर मोविल छर्केका हुन। मेयर रोकाय नगरपालिकामा योजनाबारे छलफल गरिरहेका बेला योजना शाखाको कार्यकक्षमै पुगेर मोबिल दल्ने प्रयास गरिएको हो । आफूले लगाएको कपडामा मोविल लागेको मेयर रोकाले नेपाल समाचारपत्रलाई बताए।

मेयर रोकायले भने– ‘‘हामी योजना शाखामा योजनाबारे छलफल गर्दै थियौें, मलाई केही जानकारी थिएन , उनीहरु ३ जनाको समूहमा थिए सबै कब्जामा छौँ चुप लाग भनेर म माथि मोविल लगाए।’’

सोमबार दिउँसो २ बजे तीन जनाको समुहमा रहेका उनीहरुले मेयर माथी मोविल खन्याएर फोटो समेत खिचेर भागेको मेयर रोकायले टेलिफोनमा बताए। स्वर्गद्धारी नगरपालिकाले प्रेस वीज्ञप्ती जारी गर्दै नगरप्रमुख रोकाय माथि प्रज्वलनशील पदार्थ खन्याई भएको आक्रमणको प्रयास प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

नगरको काममा अबरोध गर्ने र शान्ती सुरक्षामा खलल पुर्याउने काम गरेकाले त्यस्ता गैरकानुनी कार्य गर्ने समुहलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायलाई वीज्ञप्ती मार्फत आग्रह गरिएको छ।

घटनाबाट नगरपालिकाको नियमित कामकाजमा कुनै बाधा नपुगेको समेत जनाईएको छ । स्थानीय तह चुनावमा मेयर रोकाय तत्कालिन एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका थिए।

उता विप्लव नेतृत्वको नेकपाले स्वर्गद्धारी नगरप्रमुखलाई कारवाही किन ? शीर्षक दिएर वीज्ञप्ती निकालेको छ। जिल्ला सेक्रेटरीको दस्तखत नै नभएको ६ बुंदे वीज्ञप्तीमा भष्ट्राचार गरेको, जनतामाथि कर थोपरेको, उपोभोक्ता समितिमा पार्टी नेता कार्यकर्तालाई पदाधिकारी बनाएर किर्ते बिल भरपाई मिलाई रकम अनियमितता गरेको आरोप लगाईएको छ।

कमिसनको भरमा प्राकृतिक श्रोतको दोहन गरिएको, कर्मचारी पदपुर्तिमा बिज्ञापन गरेको देखाइएपनी आफू निकट उम्मेदवारलाई नियुक्ति दिएको आरोप मेयर रोकाय माथि लगाईएको छ। विप्लवका जिल्ला ईन्चार्ज अजयले जनता र पार्टीका केही मान्छेहरु घटनामा संलग्न रहेको स्वीकार गरेका छन ।’ उनले टेलिफोनमा भने– ‘ जनप्रतिनिधी धनप्रतिनिधी भए अब जनताले नै कारवाही गर्छन।’

नगरपालिकामा आफू अनुकुल गर्ने र आर्थिक हिनामिना लगायत विभिन्न खालका क्रीयाकलाप देखिएकोले मेयर माथी कारवाही गर्नु परेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय प्युठानले स्वर्गद्धारी नगरपालिका प्रमुख माथि मोविल दल्न प्रयास गर्ने समुहको खोजी भईरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *