के तपाईलाई शरिरको यी पाँच ठाउँ दुख्छ ? यस्तो हुन सक्छ त्यसको कारण

  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौँ, २५ पुस । अहिले स्मार्ट फोन हाम्रो जीवनमा दैनिकी बनिसकेको छ । प्राय धेरै मानिसको दैनिकी नै स्मार्ट फोन बाट सुरु हुने गर्छ । आधुनितकतासँगै चलेको स्मार्ट फोनको बढ्दो प्रयोगले मानिसमा विभिन्न प्रकारका समस्याहरु आउन थालेका छन् । पछिल्लाो समय युवापुस्तामाझ निकै लोकप्रिय बेनेको स्मार्ट फोनमा अधिकांश ब्यक्तिले लामो समय विताउने गर्छन् । यसरी निरन्तर स्मर्ट फोनको प्रयोग गर्दा आउने शारिरिक समस्याको बारेमा प्राय धेरैलाई थाहा नहुन् सक्छ ।

स्मार्ट फोनको विकिरणले मस्तिष्कलाई असर पार्नुको साथै शरिरको विभिन्न अंगहरु दुख्ने समस्याहरु निम्त्याउने गरेको कुरा सार्वजनिक भएके छ । धेरेलाई थाहा नहुन सक्छ शरिरको यी पाँच अंग दुख्छ भने सम्झिनुहोस् त्यसको कारण हो स्मार्ट फोनको अत्याधिक प्रायो । कुन कुन हुन् त स्मार्ट फोनको प्रयोगले दुख्ने अंगहरु ।

औंला :  लामो समय स्मार्ट फोनको प्रयोग गर्दा हातका औंला दुख्ने समस्या आउँछ । यसले गर्दा हातको औँलाहरु खिँचिने समस्या बढ्दै जान्छ । यसको परिणाम औलाको आकार पनि बिग्रिएर जान्छ ।

गर्धन : लामो समय स्मार्ट फोन चलाइरहँदा गर्धन दुख्नु सामान्य नै हो । लामो समय एउटै पोजीसनमा बसेर स्मर्ट फोनको प्रयोग गर्नु स्वास्थ्यको लागि घातक पनि हुन सक्छ । यस्तो बानीको कारण गर्धनमा जोर पर्ने भएकाले दुखाई बढी हुन्छ ।

आँखा : लामो समय स्मार्ट फोनको प्रयोग गर्दा आँखा दुख्ने समस्या आउँनु सामान्य नै हो ।पछिल्लो समय लामो समय स्मार्ट फोन चलाउनमा बिताउने भएकाले आँखाका समस्या बढ्दै गएको छ । त्यसको परिणाम आँखा दुख्ने, पोल्ने, जस्ता थुप्रै समस्याहरु आउने गर्छ । यसले आँखाको सुख्खापनलाई बढाएर लैजान्छ र आँखा राम्रो सँग देखिदैन् ।

पीठ्यू : लगातार एउटै पोजिसनमा बसेर स्मार्ट फोनको प्रयोग गर्दा पीठ्युमा जोर पर्ने भएकाले पीठ्युको दुखाई सिर्जना हुन्छ । यस्तो समस्याबाट बच्नको लागि शारिरिक रुपमा शक्रिय हुनु जरुरी हुन्छ । दैनिक रुपमा ब्यायामको साहारा लिन सके यस्तो समस्याबाट टाढा रहन सकिन्छ ।

कुम : हातमा स्मार्ट फोन लिएर लामो समय बसिरहदा काँधको दुखाइ हुनु स्वाभाविक हो । यसरी सधै भरि बस्दा दुखाईमा परिवर्तन भइ रोग नै बन्छ । त्यसकारण यस्तो समस्याबाट बच्नको लागि बीचमा ब्रेक लिएर थोरै समय चलाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *