एप्पलको आइफोन कम्पनीलाई ठूलो झट्का एक दिनमा ७५ अर्ब डलरको नोक्सानी

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

एजेन्सी,२२ पुस । एप्पलको आइफोन कम्पनीलाई एक दिनमा नै ठूलो झट्का लागेको छ । विविध विहाल कम्पनी एप्पलले आफ्नो आम्दानीको अपेक्षा गरेको भन्दा कम हुने चेतावनी दिए लगतै कम्पनीको कुल शेयर मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको हो ।

चिनमा एप्पल कम्पनीको आइफोनको बिक्री कम हुन थालेपछि आम्दानीमा नोक्सान भएको एप्पलका प्रमुख कार्यकारी टिम कुकले बताएका छन् । ८९ अर्ब डलर बराबरको आम्दानी हुने भनिएको सो कम्पनीले सन् २०१८ को अन्तिममा ४८ अर्ब डलर मात्र आम्दानी गर्ने बताएको थयो ।

वर्षभरिको आम्दानी मध्ये चाडबाडमा विशेष आम्दानी हुने भएतापनि यो वर्षभने खासै राम्रो आम्दानी भएन । एप्पल आइफोन मोबाइलको बिक्रीमा गिरावट आएको कारण कम्पनीको आम्दानी घटेको हुन सक्ने अनुमान गरिएको छ । पहिले कम्पनीले नयाँ मोडलको मोबाइल ल्याउने बित्तिकै सोरुमको अगाडी लामो लाइन् हुन्थ्यो ।  तर आजकाल नयाँ नयाँ एप्पल आइफोनमा गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *