विश्वकै अनौठो टुना माछा ३४ करोड ७२ लाखमा बिक्री

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

एजेन्सी,२२ पुस । जापानको टोकियोका एक ब्यवसायीले भर्खरै खुलेको नयाँ बजारबाट एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात नेपाली ३४करोड ७२ लाखमा खरिद गरेका छन् । जापानमा अहिले सम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ । उक्त माछा प्रतिकेजी १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष पनि विश्व प्रससद्धि चुकिजी माछा बजारमा सर्वाधिक महँगो मूल्यमा माछा बिक्री भएको थियो ।

नयाँ वर्षको अवसरमा खुलेको माछा बजारमा लिलाम बढाबढ हुदा उक्त माछा ३१ लाख डलरमा खरिद गरिएको हो । लोपन्मुख प्रजातिको यो माछा जापानको उत्तरी तटयी सामुन्द्रिक क्षेत्रबाट सामातेर ल्याइएको हो । करिब दुई सय ७८ किलोको टुना माछा टुना किङ नाम बाट आफुलाई चिनाउन एक जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका हुन् ।

यो भन्दा अगाडी पनि कियोशीले टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । माछा विश्वकै सबैभन्दा उत्तम र स्वादिष्ट भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *