कुन खाद्यपदार्थमा कति प्रोटिन पाइन्छ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानवशरीरको लागी प्रोटिन एक आवश्यक पौष्टिक तत्व हो । यसले शरीरमा पोषक तत्वको कमी हुन नदिई शरीरको संरचनाको विकास कार्य राम्ररी गर्दछ । तर प्रोटिनयुक्त खानेकुरा खाएपछि प्रशस्त पानी पिउन भने जरुरी छ । शरीरमा प्रोटिनको आवश्यकता भएसगै अधिक मात्रामा सेवन गर्दा शरीरमा विभिन्न किसिमको नकारात्मक असरहरु देखापर्दछन् । करिब ३० वर्षभन्दा बढी उमेरका मानिसहरुलाई खासै प्रोटिनको आवश्यकता नपर्ने कारण बिस्तारै कम गर्दै जानुपर्दछ । हप्तामा एकपटक बोसोजन्य प्रोटिन तत्व खाएमा पुग्नेमा बढि लिएमा उच्च रक्त चाप र युरिक एसिड बढेर मृगौंला सम्बन्धीत रोग लाग्ने गर्दछ, त्यसैले मिठो र मनपर्छ भनेर धेरै नखानुहोस् ।

यदि लिमिट मात्रामा प्रोटिनको सेवन गर्ने हो भने यस्तो फाइदा गर्दछ ।

१. शक्ति प्रदान गर्ने । २. दबाब कम गर्ने । ३. गर्भवस्थामा बच्चाको विकास कार्य सजिलै गर्ने । ४.दातँ, त्वचा, कपाल, आदिको विकास कार्यमा अवरोध सिर्जना नभई शिशु तथा बच्चाको वृद्धि र विकास कार्य छिट्टै हुने ।

प्रोटिनका स्रोतहरुः

जन्तुमार्फत पाइने प्रोटिन अन्तर्गत दुध, दहि, पनीर, अण्डा, माछामासु पर्दछन् । जन्तुमा पाइने सबैमा एमिना अम्लमा उपयुक्त मात्रामा भएको कारण यसलाई प्रथम श्रेणीको प्रोटिन भनिन्छ । त्यसैगरी वनस्पती अन्तर्गत दाल, सागसब्जी, फलफुल पर्दछन् । वनस्पतीबाट प्राप्त हुने प्रोटिनमा एक वा दुई अमिनो पाइन्छ । जसलाई प्रोटिनको द्धितिय श्रेणी भनिन्छ ।

कुन खाद्य पदार्थमा कति ग्राम प्रोटिन पाइन्छ त ?

दुधमा ३. ५ग्राम, पनीरमा १८.३ ग्राम, अण्डामा १३.३ ग्राम, माछामा २१.५ग्राम, मासु १८.५ ग्राम,

धेरैलाई प्रोटिनको कारण समस्या उत्पन्न हुनको प्रमुख कारण भनेको जनावरबाट प्राप्त हुने प्रोटिन बढि लिनु हो । यसलाई कम गरी गेडागुडी, दाल, काजु बदाम, फलफुल जस्ता वनस्पतीको प्रोटिन लिने हो भने समस्या वा कुनै रोगले आक्रमण गदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *