बच्चाको कब्जियत सजिलै निको पार्ने उपाय ! (विधिसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समयमा अवस्थकर खानपान र जीवनशैलीको कारण अधिकाश मानिसहरुलाई कब्जियतको समस्या देखिएको छ । यो एक पाचन प्रक्रियामा गडबडीको कारण लाग्ने रोग हो । मल निष्कासनको आवृतिमा बिलम्ब हुनु, मल त्याग गर्नमा गाहे भई बल प्रयोग गर्नुपर्ने अवस्थामा कब्जियत हुन्छ । यस्तो भएमा कमोल दिसा गर्नमा पनि समस्या हुन्छ । यस्तो समस्या बल्झिदै गएमा आन्द्रामा घाउँ हुने, ट्युमर पलाउने, मधुमेह हुने, प्यारालाईसिसि हुने जस्ता समस्या उत्पन्न हुन्छ । सर्वप्रथम त यस्तो रोगबाट बच्नको लागी समयमै स्वस्थ्यकर खानेकुरा खाने, शारिरीक व्यायम गर्ने गर्नुपर्दछ । बिहानको नास्तामा तारेको वा भुटेको खानेकुराले कब्जियत हुने सम्भावना अधिक भएको कारण बिहानको समयमा मौसम अनुसारको फलफुल सेवन गर्ने बानी बसाल्नुपर्दछ । ठुलो व्यक्तिलाई मात्र नभएर अहिले अवस्थकर खानपान, जंग फुडको खाने बानी र व्यायम नगर्ने बच्चामा पनि कब्जियतको समस्या देखिन थालेको छ । समयमै यस्तो समस्याको परिचान गरी उपचार कार्य नगरेमा सानै उमेरमै बच्चामा ठुलो असर देखापर्दछ । यदि बच्चामा कब्जियतको समस्या देखापरेमा यस्तो घरेलु विधी अपनाउनुहोस्, समस्या समधान हुनेछ ।

छगडा : रातको समयमा छगडालाई पानी भिजाएर उक्त पानीलाई दैनिक तीनदेखि चारपटक सम्म पिउन दिएमा कब्जियतको समस्या समधान हुनेछ ।

निमको तेल :रुईको साथमा निमको तेललाई निकालेर गुदामार्गमा बच्चालाई लगाइदिनाले घाउँ हुने सम्भावना रहदैन् ।

हर्रो : हर्रोलाई पिसेर थोरै बिरेनुनको मिलाई अलिकति पानीमा उमालेर दैनिक दुई तिन चोटी बच्चालाई खान दिएमा पनि कब्जियतको समस्या समधान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *