खानुहोस्, सुन्दरताको निखार ल्याउन यी ५ सब्जी !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्वस्थ रहन र शरीरको त्वचामा निखाराता ल्याउनको लागी केहि सब्जी यस्ता रहेका छन् । जसको नियमित रुपमा सेवन गर्नाले त्वचामा निखारता आउने छ । खास सब्जि स्वास्थ्यको लागी मात्र नभएर सौद्धयको लागी पनि उत्तिकै लाभदायक छ । अधिकाशं मानिसहरुले बजारका महंगा खालका क्रिमलाई मात्र प्राथमिकता दिने गर्दछन् जसको कारणबाट त्वचामा झन् समस्या देखापार्दछ । यदि बजारमा रहेका त्वचाको निखरता ल्याउने भनिएका क्रिमलाई बन्द गरेर यस्ता ५ सब्जीलाई खानामा सामेल गरेर प्रयोगमा समेत ल्याउँदा तपाईको सुन्दरतामा निकै निखारता आएर त्वचा सुन्दर, मुलायम दाग धब्बा रहित हुनेछ ।
यस्ता छन्, सुन्दरताको निखार ल्याउने सब्जीहरु,
१.टमाटर
टमाटरको प्रयोग यसको रस निकालेर कागतीका रस सगँ मिलाएर लगाउन सकिन्छ । यसरी लगाउनाले अनुहारमा आउने छिद्रता हटेर जान्छ । छाला ओइली भएकाको लागी पनि यो निकै उपयोगी छ । आइली छाला भएकाले टमाटरलाई आधा काटेर अनुहारमा रगेटेर केहि बेरपछि चेहेरा धुनाले ओइली छालाबाट छुटकारा पाउन सकिन्छ । यसलाई तरकारी, अचार वा सलादको रुपमा सेवन गर्दा पनि छालाको लागी उत्तिकै फाइदा हुन्छ ।
२. आलु
आलु सुन्दरताको लागी मात्र नभएर स्वास्थयको लागी पनि फाइदाजनक छ । काचो आलुको रस निकालेर आँखामा लगाउनाले आखाँको डार्क सर्कल्स हटेर जान्छ । त्यस्तै आलु उसिनको पानी पनि प्रयोग गर्न सकिन्छ । केहि समय आलु उसिनेको पानीमा हात डुबाउँनाले हात निकै मुलायम हुनेछ । तर पानी भने मन तातो हुुनुपर्नेछ । आलुलाई अचार वा सब्जीको रुपमा बनाएर खादाँ पनि त्वचामा सकारात्मक परिवर्तन ल्याइदिन्छ ।
३.काक्रो
काचो एक नेचुर क्लिन्जर हो । काक्रोले आइली स्किनको साथमा कपालको लागी उत्तिकै फाइदा गरेको हुन्छ । यसको प्रयोग गर्दा पहिले काक्रोको रस निकाल्नुहोस् र त्यसमा चन्दन पाउडर हालेर पेष्ट बनाएर अनुहारमा लगाउनुहोस् ।
अनुहारमा लगाएको करिब २० मिनेटपछि चिसो पानीले सफा गर्नाले अनुहार निकै सफा र सुन्दर हुनेछ, यसको अलावा काक्रोको रसमा केहि गुलाबजल वा कागती मिसाएर पनि अनुहारको सफाइ गर्न सकिन्छ ।
४.पुदिना
पुदिनाको प्रयोग पेष्ट बनाएर थोरै चन्दन वा मुल्तानी मिट्टी हालेर मिलाएर गर्न सकिन्छ । यस्तो पेष्ट अनुहारमा लगाउनाले अनुहारका कोठिहरु हटेर जान्छ । पुदिनाको सेवन अचार वा चिया बनाएर गर्दा पनि सौद्धय र स्वास्थ्य दुवैको लागी फाइदा गर्दछ ।
५.मुला
मुलाको रसमा मख्खन मिसाएर नियमित रुपमा अनुहारमा लगाएमा अनुहारको रुखोपनको समस्या हटेर जान्छ त्यस्तै ब्लैकहेड्सको हटाउनको लागी पनि यसले सघाउँछ । मुललाई सलादको साथमा तरकारी वा अचार बनाएर पनि खाने गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *