मुख वा श्वास गन्हाउने समस्याका कारण र उपचार विधि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुखबाट दुर्गन्ध वा श्वास गन्हाउने समस्याबाट पछिल्लो समयमा धेरै मानिसहरु पिडित भएका छन् । यसको प्रमुख कारण भनेको खानपानमा ध्यान नदिनु, मुखको सरसफाइमा कमी हुनु वा गिजामा खराबी हुनु हो । यस्तो भएमा ब्याक्टेरियाहरुले शरीरमा आर्कमण गरेको हुन्छ । चिकित्सकका अनुसार मुख गन्हाउने समस्या खानपान र अन्य स्वास्थ्य समस्याका कारणले हुने बताएका छन् । यसबाट छुटकारा पाउनको लागी दाँत सफाई, गिजामा समस्या हुन नदिने र पाचनक्रिया सहि गराउनुपर्दछ ।

मुख गन्हाउने प्रमुख कारण पाचनक्रिया सहि नहुनु हो । पाचनक्रियामा खराबी छ भने खानाको रस पेटभित्र कुहिन्छ र मुखबाट दुर्गन्ध आउने गर्दछ, यसबाट पेटमा कब्जियत हुने, पेटमा घाउँ हुने र लिवरमा खराबी आउने जस्ता समस्याहरु देखापर्दछन् ।

कसरी छुटकारा पाउने ?

यस्तो समस्याबाट छुटकारा पाउनको लागी सर्वप्रथम त खानपानमा ध्यान दिने गर्नुपर्दछ । मुख धेरैनै गन्हाएको छ भने भिटामिन ‘सी’युक्त खानेकुरालाई सामेल गराउनुपर्ने हुन्छ । जस्तै कागती पानी, सुन्तलाको जुस आदि खाने । दैनिक एक गिलास सुन्तलाको रस वा कागती पानी सेवन गर्नाले लाभ मिल्नेछ । त्यस्तै आँप, स्याउ काटेर खानाले पनि मुखबाट पानी आउँछ, उक्त पानीले मुखमा उत्पन्न हुने किटाणुलाई नष्ट गर्दछ । जसबाट मुखमा दुगन्ध आउन बन्द हुन्छ ।

उपचार विधी

तोरीको तेलमा थारै नुन मिसाएर दाँत वा गिजाको मासिल गरेमा मुख गनाउने समस्या हटेर जान्छ । त्यसै तुलसीको पातलाई दिनँहु चपाएर वा पानीमा उमालेर चिया जसरी सेवन गरेमा वा उक्त पात चुस्दा दातँ गनाउने समस्या कम हुन्छ ।
पाचन क्रियालाई स्वस्थ बनाउनको लागी खाना खाएपछि आधा चम्चा सुप खानाले खाना राम्ररी पचेर मुखबाट दुगन्ध आउँदैन् ।

अन्य उपायहरु,
१.करिब एक कप पानीमा एक चम्चा खाने सोडा वा नुन हालेर मिसाएर कुल्ला गर्ने ।
२.ल्वाङ मुखमा राखेर चपाउने ।
३.अलैची वा तुलसीको पात खाने ।
४.अमला वा हर्रो मुखमा राखेर बिस्तारै चपाउने ।
५.जिरालाई भुटेर सेवन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *