ब्याल्कहेड्स किन आउँछ ? यस्ता छन् कारण र सजिलै हटाउने उपाय ! (विधिसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ब्याल्क हेड्स भनेको स्कीनमा देखापर्ने कालो रंगको छिद्र हो । जुन किशोर अवस्थाका महिला वा पुरुषमा अत्याधिक देखापर्ने गर्दछ । यस्तो हुनुको मेन कारण भनेको हर्मोनमा बदलापना हुनु, अत्याधिक कस्मेटिक प्रोडक्सको प्रयोग, तनाव वा कुनै जेनिटिक्स कारण हो । ब्याल्कहेड्स चहेरा वा नाकमा अत्याधिक देखिने गर्दछ । यसबाहेक शरीरको अन्य भागमा जस्तै छाती, ढाड, गर्दन वा हातमा । यस्तो ठाउँमा देखिएमा भने तुरुन्त उपचार गर्नु पर्दछ । किनकि यसको कारणले शरीरमा कालो दागहरु देखापरी स्किन कुरुप हुन्छ ।

यसको उपचार प्राकृतिक तरिकाले गरेमा मात्र मुक्ति पाउन सकिन्छ, नत्र समस्या बल्झिरहन सक्दछ ।ब्याल्क हेड्स हटाउने सबैभन्दा उपयोगी उपाय यस्ता छन् ।

१. खाने सोडा
दैनिक रुपमा खाने सोडालाई स्किनमा लगाएमा डेथ स्किन सफा हुनेछ । करिब २ चम्चा जति खाने सोडा लिनुहोस् र त्यसमा मिनरल वाटर मिसाएर पेष्ट तयार गर्नुहोस् । पेष्ट तयार भएपछि ब्याल्क हेड्स भएको ठाउँमा केहि समय मज्जाले मालिस गरेर लगाई मनतातो पानीले सफा गर्नाले ब्याल्क हेड्स हट्ने छ । यस्तो उपचार विधि दैनिक २ पटक बिहान र बेलुका अपनाउनुपर्ने हुन्छ ।

२.दालचीनी

करिब एक चम्चा दालचिनीको धुलो लिनुहोस् र त्यसमा एक चम्चा कागतीको रस र एक चिम्टी बेसार मिसाएर पेष्ट तयार गर्नुहोस् । तयार भएपछि ब्याकहेड्स भएको ठाउँको साथमा पुरै अनुहारमा लगाई १० देखि १५ मिनेट सुक्न दिनुहोस् । यसो गर्नाले पनि बिस्तारै ब्याल्कहेड्स हटि अनुहार पनि सफा, गोरो र मुलायम हुनेछ । त्यस्तै एकएक चम्चा दालचिनी वा महलाई मिलाएर पेष्ट बनाई आफ्नो अनुहारमा लगाउन पनि सकिनेछ ।

३. कागतीको रस
कागतीमा निकै मजबुद भिटामिन र अन्य पोषक तत्व पाइन्छ । आधा काटेको कागतीको रसलाई महको साथमा थारै चिनी हालेर अनुहारमा रगेटेर हप्ताको २ चोटी लगाउनाले ब्याल्क हेड्स हटेर जान्छ । यसको साथमा तपाईले कागतीको रसमा दुध वा गुलाब जल मिलाएर फेसिअल गर्नाले पनि उत्तिकै फाइदा हुन्छ ।

४.ग्रीन टी
करिब एक चम्चा जति सुकेको ग्रीन टीको पातमा थोरै पानी हालेर पेष्ट तयार गरी पेष्टलाई अनुहारमा दुई तीन मिनेट स्क्रब गरेर तातो पानीले ओइली स्किन एदमै सफा हुन्छ । स्किनको छिद्रहरु पनि खुल्नेछ ।

उत्कृष्ट नतिजाको लागी यस्ता उपायहरु मध्ये एक उपाय करिब १ महिना सम्म लगातार उपयोग गर्नेपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *