होम मेड स्किन टोनरको प्रयोगले स्कीनमा ल्याउँछ यस्तो परिवर्तन ! (विधिसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्किनलाई टाइट बनाउन, अनुहारमा रहेका फोहोर तथा विषाक्त पदार्थलाई बाहिर निकाल्न, पिम्पल्स आउन नदिन स्किन फेस टोनरले निकै सघाउँछ । बाहिरको धुलो, धुवाँबाट बच्नको लागी बाहिर निस्कदा अधिकाशले टोनरको प्रयोग गर्ने गरेका छन् । यसको प्रयोग ओइली स्किनको लागी निकै फाइदाजनक छ । बजारमा पाइने टोनर भन्दा पनि घरमै बनाइएको टोनरको प्रयोगले स्किनमा कुनै पनि किसिमको साइड इफेक्ट देखा नपारी स्किनमा सकारात्मक परिवर्तन ल्याइदिन्छ । बजारमा पाइने टोनरमा अल्कोहलको साथमा एसिड पाइने कारणले त्वचालाई एकदमै असुरक्षित बनाएको हुन्छ ।

कसरी बनाउने घरेलु स्किन टोनर? यस्ता छन्,उपायहरुः

१.खाने सोडा र पानीको टोनर
खाने सोडा र पानीबाट स्किन टोनर सजिलै बनाउन सकिनेछ । यसको लागी करिब एक चम्चा खानेसोडा लिनुहोस् र थारै पानी मिसाइ राम्ररी चलाउनुहोस्, यसरी चलाएपछि टोनर तयार हुन्छ, यसलाई एउटा रुईको साथमा हल्ला तरिकाले स्किनमा लगाउन सकिनेछ, जसबाट पिम्पल छ, भने पनि हटेर जान्छ ।

२.खरबुजाको टोनर ।
खरबुजाको टोनर गर्मीयामको लागी निकै फाइदाजनक हुन्छ ।
यसको टोनर बनाएर प्रयोग गर्न पनि निकै सजिलो छ । एक ठुलो चम्चा तरबुजाको रसमा १ चम्चा पानी हालेर मिलाउँदा टोनर तयार हुन्छ । प्रयोग ताजा खरबुजाको मात्र गर्नुपर्दछ ।

३. टमाटर र महको टोनर
टमाटर र महबाट निकै राम्रो टोनर बन्छ । टोनर बनाउनको लागी ताजा टमाटरको रस निकाल्नुहोस् रक्वालिटीयुक्त मह लिनहोस् । दुवैलाई बराबर मात्रामा मिलाएर बाक्लो र गाढा पेष्ट बनाएपछि टोनर तयार हुन्छ, उक्त तयारी टोनर ओइली स्किनमा लगाउनाले वरदाननै सावित हुन्छ । यस टोनरलाई करिब १० मिनेट लगाएर चिसो पानीले धुनाले स्किनमा भएको कालोदाग धब्बा पनि हटेर जान्छ । यस्तो टोनरको प्रयोग हप्ताको दुई देखि तीन चोटी अनिवार्य प्रयोग गर्नुपर्दछ ।

४.कागतीको रसको टोनर
कागतीको रसको टोनर बनाउनको लागी सबैभन्दा पहिले एक गिलास पानी उमाल्नुहोस् । पानी उमालेपछि एक ठुलो चम्चा कागतीको रस हाली राम्ररी चलाउनुहोस् । चिसो भएपछि यसको प्रयोग गर्न सकिनेछ । यसको प्रयोग रुइको साथमा हल्का हल्का लिदैं स्किनमा लगाउदाँ स्किनमा राम्रो परिवर्तन आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *