जान्नुहोस्, नासपाती सेवन गर्नुको ६ महत्वपूर्ण फाइदाहरु !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नासपाती एक वर्षायाममा पाइने निकै रसिलो मौसमी फल हो । मिठो र रसिलो फल भएको कारणले यसलाई धेरैले मनपराएर खाने गर्दछन्। मिठोको साथमा यो पोषक तत्वको भण्डार पनि हो । यसमा खनिज, पोटासियम भिटामिन सी, फाइबर, म्याग्नेज र म्याग्नेसियमको पाइन्छ, अत्याधिक फाइबर पाइने कारणले वर्षायाममा जसले नासपातीको सेवन गर्दछ, उसको पाचन प्रणालीमा समस्या हुने सम्भावना कम रहन्छ  नासपातीमा पाइने एक पोक्टिन नामक तत्वले कब्जियतको समस्या सजिलै समधान गरिदिन्छ । बजारमा अन्य फलफुललाई मानिसहरुले निकै रुचाएर किनेपनि नासपाती किन्न भने रुचाएको पाइदैन् । अन्य फलफुलको तुलनामा अलि सस्तै हुने यो फलको बारेमा पर्याप्त जानकारी अभावको कारणले पनि खरिद कार्य कम भएको हुनसक्दछ ।
जानौं नासपाती सेवन गर्नुको फाइदाहरुः

१.नासपातीमा प्रचुर मात्रामा आइरन पाइन्छ । जसको कारणले गर्दा होमोग्लोबिनको स्तर बढ्दछ । यदि कसैलाई एनिमिया भएको छ भने उसको लागी यो फल निकै प्रभावकारी रहेको छ ।

२. नासपातीमा भरपुर मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन सी पाइन्छ । जसबाट रोगप्रतिरक्षा प्रणालीमा निकै सुधार आई विभिन्न रोगसगँ लड्ने क्षमताको विकास हुन्छ ।

३.कसैमा हड्डीसगँ जोडिएको समस्या छ भने नासपातीको सेवनले निकै फाइदा गर्छ । किनकि यसमा एक राम्रो रासायनिक तत्व पाइन्छ , जसले क्याल्सियको लेवरलाई सहि बनाई हड्डीसगँ जोडिएको समस्या हुन दिदैन् ।

४.त्वचा चमकादर बनाउनको लागी पनि यो निकै महत्वपूर्ण फल हो । यसको सेवनले शरीरमा अत्याधिक इनर्जी पनि मिल्नेछ । दैनिक डाइटमा यसको सेवन गर्नाले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि भई पाचनतन्त्र पनि मजबुद हुन्छ ।

५. मोटोपनाको समस्याबाट ग्रसित भएकाले दैनिक यसको सेवन गर्नाले तौल नियन्त्रण हुनेछ । किनकि यसमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ । जसले मोटोपना घटाउनको लागी निकै फाइदा गर्दछ ।

६.करिब १० व्यक्तिमा ५ व्यक्ति डाइबेटिजको समस्याबाट पिडित छन् । नासपातीमा सेवन गरेमा यसमा पाइने तत्वले डाइबेटिजको मात्रा बढ्न दिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *