महिलाको प्रजनन क्षमताको बृद्धिका लागी बिहानकै नास्ता उपयोगी !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिहानको समयमा थोरैले मात्र नास्ता लिन्छन्, त्यो पनि हल्का मात्रै । खासगरी व्यस्त जीवनशैली र कामको चापको कारण अंधिकाशले बिहानको नास्ता नलिएका हुन् । समयमै काममा पुग्नुपर्ने बाध्यताको कारणले नास्ता प्रति धेरैले त्यति चासो पनि दिएका छैनन् । यदि भरपुर मात्रामा बिहानको समयमा नास्ता लिएमा मानव स्वस्थ्यको लागी फाइदा हुने कुरा एक स्रोतबाट पुष्टि भएको छ । महिलाको लागी यो झन् महत्वपूर्ण कुरा हो । विशेषगरी बिहानको समय गृहणी तथा विवाहित महिलालाई कामको अत्याधिक चाप हुन्छ, जसको कारणले उनीहरुसगँ नास्ता लिने समय पनि हुदैन् । समयको र कामको चापको कारण नास्ता नलिदाँ यसको प्रभाव महिलाको प्रजनन क्षमतामा पर्न जान्छ ।

धेरैलाई थाहा छैन् कि बिहानको नास्ता नलिदाँ महिलाको प्रजनन क्षमतामा कमी आई बच्चा नरहने सम्भावना अत्याधिक हुन्छ भन्ने कुरा । एक अध्ययनबाट बिहानको समयमा धेरै नास्ता गर्ने महिलामा गर्भवर्ती हुन सम्भावना अत्याधिक हुन्छ भन्ने कुरा पत्ता लागेको छ । स्रोतमा उल्लेख भएअनुसार नास्ताले महिलाको उर्वरता सम्बन्धीत समस्याबाट टाढा बनाउँछ । हिब्रु युनिर्भसिटी अफ यरुलशलम तथा तेल अविवको अध्ययनका अनुसार बेलुका भन्दा बिहानको समयमा नास्ता गर्दा सेवन गर्नाले प्रजननसगँ जोडिएको समस्या समधान पनि हुनेछ,जस्तैः अनियिमत महिनावारीको समस्या, उक्त अध्ययनमा करिब अनुसार २० देखि २५ वर्षको करिब ६० जना महिलालाई सामेल गरिएको थियो । उनीहरु पिसीओएसबाट प्रभावित थिए , जसलाई दुई समुहमा राखेर अध्ययन गरिएको हो । अध्ययनमा प्रतिदिन १८ सय क्यारोली बिहानको समयमा सेवन गर्न दिएको समुहका महिलाको ग्लुकोज र प्रतिरोधी इन्सुलिनको स्तर ८ प्रतिशतले कम थियो । जसको आधारमा बिहानको नास्ताले सेवनले प्रजनन क्षमतामा अधिक असर गर्ने कुरा पत्ता लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *