दाँत स्वस्थ राख्न प्रयोग गर्नेपर्ने औषधीहरु यस्ता छन् !

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

दाँतमा समस्या देखापर्नुको प्रमुख कारण दाँतको सफाइको कमी हुनु हो । खाना खाएपछि ब्रस नगर्ने बानी वा ब्रस हतार हतार नमिल्दो तरिकाले गर्नाले दाँतमा समस्या उत्पन्न हुन्छ । अक्सर मानिसहरु दाँतको सफाइ गर्न नजान्दा यस्तो समस्याबाट पिडित भएका छन् । यदि समयमै राम्ररी ब्रस गर्ने, गुलियो खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला गर्ने हो भने यस्तो समस्याले सताउँदैन् । दातले चपाउने मात्र काम नगरेर मानिसलाई सुन्दर देखिनको लागी पनि सहयोग गरेको छ । यदि दाँतमा समस्या देखापरेमा दात फुकाल्नुपर्ने हुन्छ, जसबाट मानिसको सुन्दरतामा निकै आच आउँछ । सबैको चाहना आफ्नो दाँत सुन्दर, सफा, चम्किलो होस् वा कुनै समस्या नआवस् भन्ने हन्छ, आज हामी दात सफा, बलियो,  स्वस्थ र सुन्दर बनाउने टिप्स बताउँदैछौं ।

१. मुसुरोको दाल : मुसोरोको दाललाई जलाएर पिसेर मंजनको रुपमा पेष्ट बनाई दैनिक रुपमा बिहान र बेलुकाले ब्रस गर्नाले दात निकै सफा हुनेछ भने दातमा संकमण हुने डर पनि हुदैन् ।
२. कोइला आगोको कोइला(अङ्गार) ५० ग्राम लिएर १० ग्राम फिटकिरी वा नुन पिसेर पेष्टको रुपमा दैनिक विहान र बेलुका ब्रस गर्नाले दात सफाको हुनेछ । फिटकिरीले दातमा रहेको खराब बाक्टेरियाको सजिलै नष्ट गरिदिन्छ ।
३. तेजपत्ता तेजपत्ताको पातलाई पिसेर पेष्ट बनाई हप्ताको ३ चोटी ब्रस गरेमा दाँतको पहेलो वा कालो भाग सेतो, सफा र चमकदार हुनेछ ।
४.हलेदो करिब ५० ग्राम जति हलेदोलाई ६ ग्राम फिटकिरीको साथमा पिसेर मजंन बनाई दात सफा गर्नाले दात बलियो, सफाको साथमा चमकार पनि हुनेछ । यसमा एन्टीब्याक्टेरिय तत्व पाइने कारण दातमा कुनै खराबी आउँन नदिई गिजाको समेत सुरक्षा गर्दछ ।
५.कागती कागतीको बोक्रालाई सुकाएर सुकेपछि राम्ररी पिसेर प्रतिदिन मजंनको रुपमा दात सफा गर्दा दाँतमा भएको फोहोर र दुर्गन्ध हटेर दाँत सफा हुनेछ । त्यसै कागतीको थोरै रस निकालेर ब्रसमा हालेर पनि ब्रस गर्दा पनि दात चमकदार हुनेछ । तर कागतीको रस अत्याधिक भने प्रयोग गर्नुहुदैन् । दात धेरैनै कालो वा पहेलो छ भने आधा चम्चा कागतीको रस निकालि ४ देखी ५ थोपा रसमा थोरै नुन हाली ब्रस गर्नाले कालो वा पहेलोपना हटेर जान्छ । त्यसैगरी दात बलियो बनाउनको लागी हर्रोको धुलो निकै प्रभावकारी छ ।
६.स्याउँ धेरैको दाँतबाट रगत आउने समस्या हुन्छ । दाँतबाट रगत आउने समस्या भएकाले स्याउको रस निकालेर दाँत सफा गर्नाले दाँतबाट रगत आउने समस्या हटेर जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *