मलेरियाको घरेलु उपचार विधी !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मरेलिया लामखुट्टेको टोकाइबाट संक्रमण भई लाग्ने एक भयानक रोग हो । विशेषगरी यो रोगबाट एसिया, अफ्रिका तथा अफ्रिकाको मध्यद्धीपको उष्ण श्रेत्रका मानिसहरु प्रभावित हुने गर्दछन् प्रभावित हुनेमा वर्षमा ५१. ५ करोड मानिसहरु पर्दछन् ।लामखुट्टेको टोकेपछि रातो रक्तकोषिकामा सक्रमण भई चक्कर आउने, उल्टी आउने, ज्वरो आउने समस्या देखापर्दछ । अत्याधिक ज्वरो आएपछि मलेरिया भएको थाहा पाइन्छ । एचआईभी लागेको मानिसमा मलेरियाको संक्रमण भए बिरामीको छिट्टै मुत्यु हुने सम्भावना हुन्छ । प्यास्मोडियम नाम परजीवीको माध्यमबाट फैलिने यो रोग लामखुट्टेले टोकेपछि ६ देखि १४ दिनको अन्तरमा संकमण फैलिएर हुन्छ । उक्त रोग लान नदिनको लागी समयमै केहि उपाय अपनाएमा निदान गर्न सकिन्छ । यसको लागी कुनै किटनाशक औषधीको प्रयोग गर्न सकिन्छ भने आफु स्वंयमले पुरै शरीर ढाक्ने कपडा लगाउनुपर्दछ । यदि उक्त रोग लागेमा यसको पचार गर्ने घरेलुविधिको बारेमा आज हामी बताउँदैछौं ।
आवश्यक सामाग्री: १.नीमको बोक्रा २.रातो चन्दन ३.पदमदाख चन्दन
यति समाग्री लिएपछि सबैलाई बराबर मात्रामा मिलाई १० ग्राम लिएर करिब १ सय ग्राम पानीलाई मन्द ग्यासमा उमालेर छानेर ७ दिन पिउनाले मेलेरियाको ज्यरो निको हुनेछ । सुत्ने समयमा भने औषधी बनाउने सेवन गर्नुपर्दछ । एउटा ओखर १० ग्राम किसमिसको साथमा आठ देखि १० दिन सम्म सेवन गरेर पिसाब गर्नाले समस्या निको हुन सघाउँ, तर मलेरियाको संक्रमणमा चिकित्सक परामर्श लिन भने निकै जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *