बच्चाको औंला चुस्ने बानीले करिअरमै पुग्छ ठुलो धक्का ! (समाधान विधीसहित )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बच्चाले औंला चुसेमा अमृत प्राप्त गर्दछन् भनेर अधिकाशले मानिसहरुले भनेर सामान्य रुपमा लिने गरेका छन् । प्राय बच्चाहरु करिब ३ देखि ७ वर्षको हुदाँ अधिक मात्रा औला चुस्ने गर्दछन् । विशेषतः बच्चाले बुढी औला चुस्दछन् । आँैला चुस्ने बानीको कारणले बच्चालाई विभिन्न खालको समस्याहरु देखापरी रोग लाग्ने गर्दछ, किनकि औलामा वा नङमा खराब ब्याक्टेरियाहरु रहेका हुन्छन् जसबाट शरीरमा किटाणु प्रवेश गरी रोगको सक्रमण हुन्छ । प्रत्येक वर्ष धेरै बालबालिका यस्तो आदतको कारण बिरामी पर्ने गरेका छन् भने कोहिलाई गम्भिर समस्यानै देखिएको छ । बच्चाका आमाबुबा वा परिवारका सदस्य पनि यस्तो बानीका कारण दिक्क भएका छन् । बच्चाले बारम्बार औला चुसेरमा उनीहरुको ध्यान भंग भई करिअरमा ठुलो असर पर्दछ, त्यसैले यस्तो बानीलाई आमाबुबाले छिट्टै छुटाउन सक्नुपर्दछ ।

यस्तो बानीबाट कसरी छुटाउने त ? यस्तो बानी हटाउनको लागी बच्चालाई अमलाको साथमा कुनै खानेकुरा थोरै मात्रामा चपाइरहन दिनुपर्दछ । त्यस्तै बदामको टुक्रामा आवश्यक मात्रामा मरिज पिसेर मह मिलाई बच्चालाई बेलाबेलामा चाट्न दिएमा यस्तो बानी हटाउन सकिनेछ । करिब ३ वर्ष नहुदै बच्चाको औला चुस्ने बानी छ भने हरियो घोडताप्रेको पातलाई पिसेर थोरै रस चटाउनुहोस्, यस्तो बानी हट्नेछ । त्यसैगरी ३ वर्ष भन्दा माथिको बच्चालाई भने बिहान अमला चपाउन र बेलुका अमलाको धुलो मनतातो पानीको साथमा पिउन दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *