अनारको बोक्रा र पाउडरको विश्वासै गर्न नसकिने चमत्कारी फाइदाहरु यस्ता छन् !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनार शरीर स्वस्थ र फिट राख्नको लागी निकै महत्वपूर्ण फल हो । विशेषतः यसको जुसको सेवनले तौल नियन्त्रण गर्नलाई निकै सघाउँछ । अनारमा भिटामिन ‘ए’, ‘इ’, ‘सी’ फोलिक एसिड, एन्टी अक्सिडेन्ट, लगायतका अन्य तत्वहरु पाइने कारणले विभिन्न रोगको उपचारको लागी अनारनै फाइदाजनक सावित भएको छ ।यहि कारणले कोहि बिरामी हुदाँ धेरैले अनारनै बोकेर भेट्न पुग्दछन् । अनारको सेवन गर्नु जति फाइदा छ यसको ब्रोक्रा सेवन वा प्रयोग गर्नुपनि उत्तिकै फाइदा र गुणकारी छ ।
यस्ता छन्, अनारको ब्रोक्राका फाइदाहरुः
टन्सिल : टन्सिल हुदाँ एकदमै दुखाई हुने गर्दछ । उक्त दुखाइलाई निको पार्नको लागी थोरै पानीमा अनारको ब्रोक्राको पाउडरलाई हालेर उमालेर सेलाएपछि छानेर कुल्ला गर्नाले दुखाई कम हुन्छ ।
मुटुरोग: अनारको ब्रोक्रामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ, जसको कारणले मुटुको रोग लाग्नबाट बचाउँछ । यसको लागी एक चम्चा जति अनारको ब्रोक्राको पाउडर लिएर तातो पानीमा उमाली रातको समयमा सेवन गर्नुपर्दछ । यसरी पिउँदा कोलस्टोरको पनि नियन्त्रण हुनेछ ।
पिम्पल्स :अनारको ब्रोक्रालाई सुकाएर पिसेर अनुहारमा पेष्ट बनाई दैनिक लगाउनाले पिम्पल्स हटेर जान्छ ।
चाउरीपना :चाउरीपनाबाट छुटकारा पाउनको लागी अनारको ब्रोक्रालाई सुकाई पिसेर पाउडर बनाउनुहोस् र पेष्ट बन्ने हिसाबले गुलाफ जल हाली त्वचामा लगाउनुहोस् । यसो गर्नाले त्वचामा चाउरीपना पदैन् र लामो समयसम्म छाला जवान मानिसको जस्तै देखिन्छ ।
रक्तश्राव : धेरै महिलाको महिनाको बेला अधिक रक्तश्राव हुने समस्या हुन्छ, यस्तो समस्या भएका महिलाले अनारको ब्रोक्राको पाउडर मनतातो पानीको साथमा पिउनाले धेरै रक्तश्राव हुदैन् ।
घाउँ खटिरा :एक गिलास पानीमा एक चम्चा अनारको ब्रोक्राको पाउडर मिलाई उक्त पानीले दैनिक दुईचार चोटि कुल्ला गर्नाले घाउँ खटिरा निको बनाउन निकै सघाउँछ ।
हड्डी: अनारको ब्रोक्रामा एन्टीब्याक्टेरियलक गुणको साथमा एन्टीइफ्लेम्ट्री गुण हुन्छ । जसले हड्डी बलियो बनाउन सघाउँछ । हड्डी कमजोर भएकाले बलियो बनाउनको लागी एक गिलास तातो पानीमा २ चम्चा अनारको बोक्राको पाउडर हाली सुत्ने बेलामा खान सकिन्छ । टेस्टी बनाउने सेवन गर्न पनि सकिने भएकाले यसमा थोरै कागतीको रस मिसाउन सकिन्छ ।
पाइल्स: १० ग्राम अनारको ब्रोक्राको धुलोलाई १०० ग्राम दहि मिलाई सेवन गर्नाले पाइल्सको समस्या समधान हुन्छ । यस बाहेक पाउडरमा ८ ग्राम जति ताजा पानीको साथमा प्रतिदिन बिहान बेलुका पनि सेवन गर्न सकिनेछ ।
सनस्क्रीन :अनारको बोक्राको धुलोलाई तेलको साथमा पेष्ट बनाइ लगाउनाले सनस्क्रीनको काम गर्दछ । घामको किरणबाट अनुहारमा आउने कालोपना प िसजिलै यसले हटाइदिन्छ ।
स्वप्नदोष: धेरै पुरुषहरु यस्तो समस्याबाट पिडित भएका छन् । अनारको बोक्राको सरलाई निकाले महको साथमा बिहान र बेलुका सेवन गर्नाले स्वप्नदोष हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *