स्याउँ वा यसको जुस सेवन गर्नुको महत्वपूर्ण फाइदाहरु !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैनिक रुपमा एउटा स्याउ सेवन गर्नाले कुनै रोग नलाग्ने भनाई जताततै सर्वव्यतितै छ । साच्चै दैनिक स्याउँ खानाले कुनै अस्पताल वा डाक्टरको जरुरत पदैन् । विभिन्न शोधकर्ताको अनुसार दिनमा सय ग्राम स्याउ खाने हो भने औषत आयु बढ्नेछ । नेपालमा भने स्याउँ कर्णाली अञ्चलमा प्रसस्त मात्रामा पाइन्छ । यो त्यहाँको आर्थिक विकासको आधार पनि हो, जसले मानिसलाई मात्र स्वस्थ नबाएर देशको आर्थिक विकासमा पनि टेवा पुयाएको छ । सदावहार भएको कारण सबैले सजिलै यसको उपभोग गर्न सकेका छन् । यो एक त्यस्तो बहुगुणी फल हो जसले शरीरको सम्पूर्ण भागमा फाइदा गरेको हुन्छ । आज हामी यहि स्याउको फाइदाको बारेमा बताउँदैछौं ।

यस्ता छन्, स्याउ र यसको जुस पिउनको फाइदा ?
१.मुटु स्वस्थ हुने ।स्याउमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । दैनिक एउटा स्याउ जसले सेवन गर्दछ, त्यो व्यक्ति एकदमै स्वस्थ रहन्छ । यसको साथै स्याउमा पोटोसियम पनि पाइने भएको कारणले मुटुलाई स्वस्थ बनाई मुटुसम्बन्धी कुनै समस्या हुन दिदैन ।
२. लीवर सफाई हुने ।स्याउँमा क्षारीय तत्व पाइने कारणले यसले खराब विनाशकारी विषाक्त पदार्थलाई सजिलै बाहिर निकाल्ने काम गर्दछ । स्याउको ब्रोक्रामा पेक्टिन हुन्छ जसले पाचन प्रणलीमा कुनै असर पनि गर्द दिदैन् ।
३.कोलस्टोर कम हुने ।शरीरमा अधिक खराब कोलस्टोर भएमा पेटको साथमा मुटुको बिरामी हुने सम्भावना पनि धेरै हुन्छ । खराब कोलस्टोर भएकाले स्याउको रस दैनिक पिउनाले समस्या बिस्तारै समधान हुदै जान्छ ।
४.हड्डी बलियो हुने ।स्याउँको रसमा भिटामिन सी, आइरन, बोरोन लगातको तत्व पाइन्छ । दैनिक स्याउ वा स्याउको जुस पिउनाले हड्डी बलियो हुनेछ ।
५.प्रतिरक्षा प्रणालीमा सुधार आउने ।स्याउ वा स्याउको जुसमा भिटामिन सीको साथमा वा ब्याक्टेरीयासगँ लड्ने क्षमता हुन्छ । जसले गर्दा किटाणुलाई नष्ट बनाई प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँदछ ।
६.क्यान्सरको रोकथाम स्याउँको जुस सेवन गर्नाले ट्युमर वा क्यान्सर लाग्ने समस्या हुदैन् । नियमित रुपमा स्याउँको सेवन गर्नाले क्यान्सर बन्ने कोषिका नष्ट बनाउँछ ।
७.सौद्धयताको लागी स्याउ वा स्याउँको जुस त्वचा, कपालको लागी पनि उत्तिकै फाइदाजनक छ । यसको रसको प्रयोग दाद, डा«ई स्किनमा प्रयोग गर्दा स्किन मुलायम हुन्छ । त्यस्तै कपालमा प्रयोग गर्दा वा सेवन गर्दा कपाल झर्ने समस्या समधान भई कपाल सिल्की हुनेछ ।
८.आखाँको रोश्नी बढाउने । स्याउँ दैनिक रुपमा नछुटाई एउटा वा आधा सेवन गर्ने हो भने आखाँको रोश्नी बढेर आँखासम्बन्धीत अन्य रोग पनि लाग्न दिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *