किन हुन्छ महिलाको अण्डकोषमा क्यान्सर ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महिलाहरुको अण्डकोषमा क्यान्सर हुनु निकै खतरनाक रोग हो । उक्त रोग लागेका मानिसहरु निकै चिन्तामा परी रोगकै कारण मानसिक तथा शारीरिक रुपमा उदास देखिन्छन् । यहि कारणले अण्डकोषमा क्यान्सर हुन्छ भन्ने कुरा शोधकर्ताले पत्ता लगाउन नसकेपनि निम्नलिखित कारणले महिलाको अण्डकोषमा क्यान्सर हुने सम्भावना अधिक रहेको पाइएको छ ।

यस्ता छन्, कारणहरुः

परिवारको इतिहासः परिवारमा आमा वा हजुरआमामा अण्डकोषमा क्यान्सर भएको छ भने त्यस्ता व्यक्तिको बच्चामा यस्तो हुने खतरा अधिक रहेको हुन्छ ।

उमेरः उमेर बढ्दै जाने क्रममा पनि यस्तो हुने सम्भावना अधिक रहेको छ । सामान्यता अण्डकोषको क्यान्सर ५० वर्ष भन्दा माथिका महिललाई हुने खतरा अधिक रहन्छ ।

सन्तान नहुनेः कुनै महिलाको सन्तान भएको छैन् भने त्यस्ता महिलामा पनि अण्डकोषको क्यान्सर हुने खतरा रहेको हुन्छ ।

कसरी थाहा पाउने त ?

महिलालाई अण्डकोषको क्यान्सर भएको छ भने महिलाको महिनावारीमा बाधा देखापर्ने, पेटमा विभिन्न किसिमको खराबी देखापर्ने हुन्छ जुन खराबी बुझ्न नसक्ने र अप्रष्ट खालको हुन्छ । त्यस्तै क्यान्सर भएपछि तौल पनि घट्दै जाने गर्दछ । यस्तो समस्या देख्ने बित्तिकै जांच गराउन जरुरी छ, यसबाट बच्नको लागी समय समयमा स्क्रीनिंग टेस्ट गराउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *