गर्मीमा खाना नपच्ने र निद्रा नलाग्ने समस्यालाई,अब यसरी समाधान गर्नुहोस् !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गर्मीयाममा दिउँसको समयमा धेरैलाई अत्याधिक थकाई लागी निद्रा लाग्ने गर्दछ, यो धेरै मानिसमा देखापर्ने समस्या हो । त्यस्तै गर्मीमा खाना नरुच्ने, दिक्क लाग्ने, बाहिर यात्रा गर्दा टाउको दुख्ने जस्ता समस्या पनि देखापर्दछन् । यस्तो समस्यालाई समधान गर्न फलफुलले निकै सघाउने कारण फलफुल खानमा विशेष जोड दिनुपर्दछ । गर्मीमा अत्याधिक निद्राको साथमा रातको समयमा निद्रा नआउने समस्या पनि सिर्जना हुने गर्दछ । रातमा निद्रा नलाग्दा दिउँसोको समयमा निद्रा आई काममा अवरोध सिर्जना हुन्छ, जसबाट एक दिनमा सकिने काम २ दिन लाग्न सक्दछ । खान पच्नको लागी पनि गर्मी मौसममा उत्तिकै गाहे हुन्छ । यस्ता निद्रा नलाग्ने वा खान नपच्ने समस्यालाई समधान गर्नको लागी आज हामी निकै सरल घरेलु टिप्सहरु बताउँदैछौं । जसको सेवनले यस्ता समस्या सजिलै समधान हुने गर्दछ ।
१. लौका लौका एक गुणकारी तरकारी हो । यसमा प्रशस्त मात्रामा पानी पाइन्छ, जसले शरीरलाई सन्तुलित बनाएर राख्ने काम गर्दछ । राती कम मात्रामा पानी पिउनाले डिहाईडे«शन हुने सम्भावना अधिक हुन्छ, जसको कारण भोजन ठिक तरिकाले नपची निद्रा लाग्दैन् । लौकामा भोजनलाई पचाउने शक्ति हुन्छ ।जसको कारण पाचन क्रिया राम्ररी भई खाना पच्नेछ ।
२. काक्रो काक्रो मिठोको साथमा निकै रसिलो हुन्छ । यसलाई अचार र सदालको रुपमा खाने गरिन्छ । काक्रोमा पानीको मात्रा भरपुर अर्थात ९६ प्रतिशत भएको कारण सेवनपछि शरीरमा पानीको मात्रा बढाइदिन्छ । त्यसैगरी काक्रोमा फाइबर पनि पाइन्छ र डिहाईड्रेटको समस्या हुदैन् ।
३.फर्सी फर्सीमा पोटासियम र फाइबर पाइन्छ । जसले शरीरलाई ठंडा बनाउने काम गदैछ । रातको समयमा फर्सीको सब्जी बनाई सेवन गरेमा पाचनतन्त्रमा समस्या आउँदैन् । त्यस्तै ब्लड सुगर लेवल पनि सहि हुन्छ ।
३.घिरौंला धेरैलाई घिरौला मन नपर्न सक्छ, तर गर्मी मौसममा पाइने यो मौसमी तरकारी सेवन गर्नाले पाचनसम्बन्धीत कुनै पनि किसिमको समस्या उत्पन्न हुन पाउदैन् ।
४.उसिनेको आलु गर्मीमा उसिनेको आलुमा कार्बोहाइडे«ट पाइन्छ । आलुले गर्मीसगँ लड्ने शक्ति पनि प्रदान गर्दछ । गर्मीयाममा राती निद्रा नलाग्ने समस्या भएकाले रातको भोजनमा उसिनेको आलु सामेल गराएमा निद्रा लाग्नेछ ।
५.दही दहिमा उच्च मात्रामा पोषक तत्वको साथमा क्याल्सियम पनि पाइन्छ । राती सुत्नु भन्दा अगाडी दहिको सेवन गर्नाले पेटमा कुनै समस्या हुदैन् भने शरीरमा शितलताको महशुस पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *