स्मरण शक्ति कमजोर हुनुको कारण र उपचारविधि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्मरण शक्ति कमजोर हुनुलाई केहिले रोगको रुपमा परिभाषित गरेका छन्, तर यसलाई रोगको रुपमा परिभाषित गर्न भने मिल्दैन् । यसो त केहि समस्या या रोगको कारणले भने स्मरण शक्ति कमजोर हुनसक्दछ । कसैको सम्झने क्षमता अधिक हुन्छ भने कसैको एकदमै कम हुन्छ । स्मरण शक्ति कम हुने व्यक्तिमा चक्कर आउने सम्भावना अधिक हुन्छ, यस्तो हुनुको मुख्य कारण मानसिक समस्या, पाचनक्रियाको गडबडी, शारीरिक कमजोरीपना, मानसिक दुर्बलता, अत्याधिक संभोग, रक्तहीनताको कारण हो । यस्ता व्यक्तिले दुध, घीँउ, मक्खन, फलफुल लिमिट मात्रामा मात्र सेवन गर्ने गर्नुपर्दछ । यस्तो समस्याको कारण धेरै मानिसहरु चिन्तित भएका छन्, एउटै कुरा बारम्बार उदाहरण दिएर बुझाउँदा मात्र यस्ता व्यक्तिले बुझ्ने कारण बुझाउन समस्या हुन्छ भने पढ्दै गरेकाको पढाईमा निकै अवरोध सिर्जना हुन्छ । त्यस्तै अफिस, घर सम्हाल्नुपरेमा अतिनै गाहे हुन्छ । यस्तो समस्याले सताएको लागी मध्यनजर गदै आज हामी स्मरणशक्ति बढाउने घरेलु उपाय बताउँदैछौं ।

१. दैनिक एक चम्चा अमलाको रस महको साथमा सेवन गर्ने ।

२. अमला र जटामसीको चुर्णलाई बराबर मात्रामा लिएर करिब २ ग्राम बिहानको समयमा सफा पानीमा सेवन गर्ने ।

३. बिहानको समयमा दुई चम्चा मह मनतातो पानीमा सेवन गर्ने ।

४.तिलको लड्डु सेवन गर्ने । यसले मानसिक शक्ति बढाउने काम गर्दछ ।

५. बिहान र बेलुका दुईदुई चम्चा सुप वा मिश्री मिलाएर धुलो बनाई सेवन गर्ने ।

६.खरबुजाको बीजलाई भिजाएर चपाएर खाने । जसले गर्दा भुल्ने समस्या समधान हन्छ ।

७. दैनिक मरिजको साथमा मह खाने ।

८. फर्सी र काक्रोले दिमाखमा शक्ति प्रदान गर्ने कारण फर्सी वा काक्रो नियमित रुपमा सेवन गर्ने ।

९. गँहुलाई चपाएर सेवन गर्नाले पनि स्मरण शक्ति बढ्ने कारण भुटेको गँहु चपाएर खाने ।

१०. लिच्चीको रस प्रतिदिन एक चम्चा सेवन गर्ने ।

११. दैनिक बिहान र बेलुका एक कप गाजरको रस पिउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *