सावधान ! ग्रीन टीले अनिद्रा, मुटुरोग देखि यस्ता ४ समस्या निम्त्याउँछ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समयमा अंधिकाश मानिसहरुले कालो चिया, कफि र दुध चियाको नोक्सानीको बारेमा बुझेर ग्रीन टि पिउन थालेका छन् । अझ मोटोपनाको समस्या भएकाको त ग्रीन निकै लोकप्रिय बन्दै गएको छ । यसले निकै फाइदा गर्छ भन्दैमा पटक पटक पिउनु स्वस्थ्यको लागी राम्रो कुरा होइन । त्यसैले लिमिट रुपमा पिउने कुरामा मात्र ध्यान दिन जरुरी छ । धेरै ग्रीन टि पिउँदा स्वास्थमा निकै नकारात्मक असर गर्ने कारण आज हामी यसैबारेमा चर्चा गदैछौं । कस्ता समस्या उत्पन्न हुन्छन् त?

अनिद्राः चिया, कफिमाझैँ ग्रीन टीमा पनि क्याफिन पाइन्छ । जसले तीन कप भन्दा अधिक ग्रीन टी पिउँछ,उसलाई अनिद्राको समस्याले सताउँछ । यसबाहेक मुटुको धड्कन पनि अनियमित भई मुटु दुख्ने वा मुटु रोग लाग्ने सम्भावना अधिक हुन्छ ।
गर्भखेर जानेः गर्भवती महिलाको लागी ग्रीन टी निकै असुरक्षित छ । यसमा पाइने क्याफिनले गर्भ नोक्सान गर्दछ । केहि रिसर्चको अनुसार चिया, कफि वा ग्रीन टी पिउने महिलाको गर्भपतन हुने पाइएको छ ।
आइरनको कमीः अधिक मात्रामा ग्रीन टी सेवन गरेमा शरीरमा आइरनको कमी हुन्छ । यसमा पाइने एक तत्वले आइरन प्राप्त गर्ने प्रक्रियालाई रोक्दछ, त्यस्तै एनमिया र पेटसम्बन्धी समस्या पनि निम्त्याउँछ ।
सेक्स लाइफः एक रिसर्चको अनुसार ग्रीन टी धेरै सेवन गर्नाले हर्मोन टेस्टोस्टोरोनको लेवलमा कमी आउँछ जसको कारण सेक्स लाइफमा समस्या देखापरी गम्भीर समस्या समेत उत्पन्न हुनसक्दछ ।
ग्रीन टी दैनिक कति पिउने त ? ग्रीन टी दैनिक तीन कप (तीन पटक) भन्दा बढि पिउनु हुदैन् । धेरैको बानी खाली पेटमा पिउने हुन्छ तर खालीपेटमा पिउनु स्वास्थ्यको लागी राम्रो मानिदैन्, त्यसैले यो कुरामा निकै ध्यान दिनुपर्दछ । यदि ग्रीन टी लिमिट रुपमा पिउँदा समस्या हुन्छ भने उमालेको दुध मिसाएर पिउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *