शरीरमा उर्जाशक्ति ल्याउन गर्नुहोस् यस्ता ३ सरल योगासन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

योगले शरीर, मन, मस्तिष्क र आत्मालाई निकै शान्त बनाउने गर्दछ । शरीरलाई फूर्तिलो, बलियो र रोगलाग्नबाट बचाउनको लागी पछिल्लो समयमा केहिले योगध्यान गर्न थालेका छन् । जसको कारणबाट तनाव कम हुने, तौल नियन्त्रण हुने र विभिन्न बिरामीको उपचार भई शरीरमा उर्जा शक्ति मिल्दछ । सबै मानिसहरुलाई आफु फिट रहँु र दिनभरी इनर्जीको साथमा काम गरौं भन्ने लाग्दछ, तर थकान, उर्जाको कमी जस्ता समस्याको कारण सोचेको भन्दा गलत भइदिन्छ । यदि दैनिक रुपमा योग गरेमा यस्ता समस्या विल्कुल नआउने कुरा सिद्ध भइसकेको छ । आज हामी दिनभरी इनर्जी प्राप्त गरी काम प्रति उर्जा ल्याउने योगासनको बारेमा बताउँदैछौं । उक्त योगासन दैनिक बिहानको समयमा गर्नुपर्ने हुन्छ ।

१.बालासन बालासान गर्नाले तनाव कम भई उर्जा शक्ति प्राप्त हुन्छ । विशेषगरी बच्चा पेटमा हुदाँ यस्तो आसनमा रहने कारण यसलाई बालासान भनिएको हो उक्त योगासन गर्नको लागी जमिनमा घुडालाई टेकाएर खुट्टाको पैतलालाई पछाडीको शरीरमा(जाघ) टसाई राख्नुहोस् । त्यसपछि गहिरो सास लिदै झक्नुहोस् । यस्तो गर्दा खुट्टाको दुवै पैतलाले जाघ छोएको हुनुपर्ने छ । यति गरेपछि अब बिस्तारै भुईमा छुने कोसिस गर्नुहोस् र केहि सेकेन्ड यहि अवस्थामा बस्नुहोस् र फेरी पहिलेकै अवस्थामा आउनुहोस् ।
२.भुजंगासन भुजंगासनलाई कोबरा आसन पनि भनिन्छ । उक्त आसन गर्दा शरीरलाई उल्टो पारेमा जमिनमा सुत्नुहोस् । त्यसपछि खुट्टा र हिप्सलाई समान राख्नुहोस् । टाउकोलाई बिस्तारै तलमाथि पनि गर्न सकिन्छ । अब बाहिरी शरीरलाई अनुहार माथि सार्नुहोस् । केहि समय यहि मुद्रामा रहनुहोस् । यसो गर्नाले शरीरमा छिट्टै उर्जा मिल्नेछ ।
३.ताड़ासन यस्तो आसान एकदमै कमजारीे महशुस गर्नेको लागी फाइदाजनक छ । जसबाट शरीरमा एनर्जी प्राप्त हुनेछ । यस्तो समस्याको समधान गर्नको लागी यो आसन गर्दा जमिनमा सिधा भएर उभिनुहोस् र दुई खुट्टा समान तरिकाले जोड्नुहोस् । त्यसपछि हातलाई बिस्तारै फैलाउदै शिरमा लगी औलालाई फोल्ड गर्नुहोस् यतिगरेपछि खुट्टाको पैतलालाई टेकेर हल्का उठाई केहि समय यहि मुद्रामा रहनुहोस् । त्यसपछि बिस्तारै हात र खुट्टालाई तल झार्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *