किन आउँछ ? बारम्बार मुखबाट थुक, यस्ता छन् कारण ! (उपचार विधीसहित) एकचोटी पढ्नै पर्ने !

  • 111
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    111
    Shares

काठमाडौँ । कसैमा अत्याधिक मुख सुक्ने समस्या हुन्छ, त कसैमा मुखबाट  अत्याधिक थुक (पानी) आउने समस्या  । कहिलेकाही मुखको छाला जाने समस्याको कारण पनि मुखबाट अधिक पानी आउने गर्दछ । त्यसैगरी अर्को मेन कारण भनेको पेटमा किरा पर्नु हो । मुखबाट अधिक पानी निस्कने कारण पटक पटक थुकि रहनुपर्दछ । जसबाट मानिसको आफ्नो दैनिकी काममा समस्या उत्पन्न हुन्छ । यस्तो समस्याबाट बच्नको लागी सर्वप्रथम त किरालाई मार्न जरुरी छ । किरालाई मार्न मरिजले निकै सघाउँने कारण तातो पानीमा मरिजको धुलो हालेर सेवन गरेमा किरा सजिलै मरि राहत मिल्दछ । मुखमा कुनै घाउँ, खटिरा वा छाला गएको कारण यस्तो भएको हो भने मरिजको सेवन गर्नु राम्रो मानिदैन् अतः निको बनाउने तर्फ लाग्नु पर्दछ । मुखबाट अत्याधिक पानी आउनुलाई त्यति ठुलो समस्याको रुपमा नलिएपनि मुख सुक्नलाई ठुलो समस्याको रुपमा लिन सकिन्छ । यस्तो हुनुको कारण कुनै बिरामी वा रोगको भएको बुझ्न जरुरी छ ।

धेरैले मुख सुक्यो भन्दै बारम्बार पानी पिउने गर्दछन्, । पानी बारम्बार पिएमा समस्या बल्झेर जाने सम्भावना रहेको कारण डाक्टरको परामर्श लिइहाल्नुपर्दछ । मुख सुक्नुको प्रमुख कारण थकान महशुस हुनु, तनाव लिनु हो । मुखबाट अत्याधिक पानी आउने समस्या बारम्बार भइरहन्छ भने एउटै उपयाको प्रयोग गरी यस्तो समस्यालाई निदान गर्न सकिन्छ । उक्त समस्याको निदान गर्नको लागी जम्मा दुई सामाग्री भएपुग्छ ।
१. अलैची
२. सुपारी
अलैची र सुपारीलाई बराबर मात्रामा लिनुहोस् र दुवैलाई राम्ररी पिसेर करिब एक वा दुई ग्राम जति बारम्बार चुसि रहनाले मुखबाट धेरै थुक (पानी) आउने समस्या समधान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *